• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ :-मेष राशिमा सूर्यको गोचर तपाईको करियरको लागि धेरै लाभदायक साबित हुनेछ। तपाई आफ्नो करियरमा राम्रो गतिमा अगाडी बढ्न सक्नुहुनेछ। जागिरमा नयाँ अवसरहरु प्राप्त हुने सम्भावना छ, जुन तपाईको लागि लाभदायक साबित हुनेछ। व्यापारी तथा व्यवसायीहरुका लागि पनि यो समय निकै फलदायी रहनेछ।
मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह
मेष राशिमा सूर्यको गोचर करियरको हिसाबले मिथुन राशिलाई निकै लाभदायी साबित हुनेछ। जागिरमा नयाँ र राम्रो अवसर मिल्नेछ। कार्यस्थलमा प्रशस्त प्रशंसा मिल्नेछ। यस समयमा तपाईले नयाँ व्यापार पनि सुरु गर्न सक्नुहुन्छ।आर्थिक लाभको प्रबल सम्भावना छ।
कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्कट राशिमा आर्थिक लाभको सम्भावना छ। पैसा बचत हुनेछ। कार्यस्थलमा सहकर्मीहरूसँग राम्रो सम्बन्ध कायम गर्न सक्षम हुनुहुनेछ। आम्दानीमा वृद्धि हुने सङ्केत देखिन्छ। पदोन्नतिको सम्भावना पनि सिर्जना भएको छ । वैदेशिक यात्राको अवसर मिल्नेछ।
सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सिंह राशिका व्यक्तिहरूलाई करियरमा पदोन्नतिको सम्भावना छ। व्यापार व्यवसाय गर्नेलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। यस अवधिमा तपाईले सामान्यभन्दा बढी नाफा कमाउन सक्षम हुनुहुनेछ। यो गोचरको अवधिमा व्यापार विस्तारको योग पनि बन्न सक्छ। यो समय तपाईको लागि निकै फलदायी साबित हुनेछ।
वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु
सूर्यको गोचरपछि विभिन्न स्रोतबाट तपाईलाई धन-लाभ हुन् सक्छ। पार्टनरसँग रमाइलो समय बित्नेछ। स्वास्थ्यको हिसाबले पनि यो गोचर तपाईको लागि सकारात्मक रहनेछ। काममा प्रगति हुनेछ र मानिसहरूले तपाईको मेहनतको प्रशंसा गर्नेछन्।
धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
राम्रो कामको अवसर मिल्नेछ। व्यापार व्यवसायलाई अगाडि बढाउन सफलता मिल्नेछ र राम्रो आम्दानी हुनेछ। यसका साथै तपाई पैसा बचत गर्न सफल हुनुहुनेछ, जसले तपाईको आर्थिक स्थितिलाई आज बलियो बनाउनेछ। यस अवधिमा सापटी दिएको पैसा फिर्ता पाउने प्रबल सम्भावना छ।
कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द
यो गोचरले तपाईलाई सकारात्मक परिणाम ल्याउनेछ। कुम्भ राशिका व्यक्तिहरूले व्यापारमा राम्रो प्रगति गर्नेछन्। धन लाभ हुनेछ। बाह्य सहयोगमा राम्रो मुनाफा कमाउनुहुनेछ। पार्टनरसँगको सम्बन्ध राम्रो रहनेछ। स्वास्थ्य पनि राम्रो रहने छ




Discussion about this post