HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

माघ १३ गतेदेखी १९ गते सम्म कस्तो रहला तपाईको दिन,हेर्नुहोस साप्ताहिक : राशिफल

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): यो साता आफूलाई कमजोर भएको अनुभूति हुनेछ । सहकर्मीबाट विरोध आउला । आर्थिक कारोबारमा विवाद आउनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनसक्छ । बुधवारबाट इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । आकस्मिक धन लाभ हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

 बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): यो साता नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ । प्रेम जीवन सफल र सुखद् रहने देखिन्छ । नयाँ कामको थालनी र व्यापार व्यवसायमा सफलता पाइनेछ । साताको मध्यमा नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): यो हप्ता विश्वास गरेकाले साथ दिनेछन् । कुनै समाचार सुन्नाले मनमा शान्ति छाउला । नसोचेको ठाउँबाट धन आर्जन हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । प्रेमीको सहयोग पनि पाइनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ

 कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): यो साता मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ र ताकेको कार्य पुरा होला । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । मध्य सातामा मनमा निराशा र शरीरमा आलस्य आउला । सौन्दर्यतामा धन खर्च हुनेछ । यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): साताको प्रारम्भिक दिनमा स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । विपक्षीको जालझेलबाट सावधान रहनुपर्नेछ । सोमबारबाट धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । कुनै कुराले मनमा शान्ति छाउनेछ । लामो समय देखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । यो साताका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको स्मरण गरी गरेको कार्यबाट सफलता अधिक मिल्नेछ ।

 कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): यो साता चलाखीपूर्ण बोलीले गरेको कार्य सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । आँटेको र ताकेको कार्य पुरा होला । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभ अङ्क ३,५ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

 तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): यो सातामा लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पुँजी बजार या वित्तीय संस्थाबाट राम्रै लाभ मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग रातो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य प्रारम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

 बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यो साता रोकिएका अधुरा कार्यको थालनी हुनेछ । सामाजिक र राजनीति कार्यमा सफलता मिल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । शेयरको कारोबारबाट सफलता मिल्नेछ । यात्रा र घुमफिरको योग पनि छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग निलो वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको ध्यान गरी कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): यो सातामा मिश्रित फल मिल्नेछ । मालसामान हराउने वा नोक्सानी हुनसक्छ । आर्थिक झन्झट आइलाग्न सक्छ, तर अन्तिममा कार्य सम्पादन हुनेछ । मध्य साताबाट धर्म तथा समाजसेवामा मन लाग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरी गरेको कार्यबाट लाभ मिल्नेछ ।

 मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): यो साता पुनर्मिलनको योग रहेको छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पार्टी, पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शेयर बजारले पनि साथ दिनेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा पनि परिएला । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य गर्नाले राम्रो हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): यो साता आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । प्रेम सम्बन्धमा मधुरता छाउनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । शिक्षामा सफलता पनि मिल्नेछ । साताको उत्तरार्धमा प्रतिद्वन्दी हरूले कार्यमा अवरोध ल्याउन सक्छन् । पुँजी बजारले पनि साथ नदेला । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग पर्पल वा खैरो हो । शुभकर्म गर्नु पूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

 मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): यो समय निकै उत्साहजनक रहनेछ मनोरञ्जनमा सहभागिता भइएला । प्राविधिक काममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बुधबारबाट प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनसक्छ । शरीरको कुनै पनि भागमा चोट लाग्ने सम्भावना छ । शैक्षिक क्षेत्र पनि कमजोर रहनेछ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरी कार्य आरम्भ गर्दा राम्रो हुनेछ ।

Previous Post

पाथीभरामा बाग्लो हिमपात

Next Post

पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

पानीमा डुबेर ११ महिने शिशुको मृत्यु

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.