भक्तपुरमा कपडा धुन तयार पारेको पानी राखेको भाडामा डुबेर ११ महिने शिशुको ज्यान गएको छ।
शनिबार दिउँसो २ बजे भक्तपुर नगरपालिका-५ भेलुखेलमा बस्ने लक्ष्मीप्रसाद देउलाका ११ महिने छोरा लक्ष्मणको ज्यान गएको प्रहरीले जनाएको हो। खाटमा सुतिरहेका लक्ष्मण भुँइमा खस्दा भाडोमा परेका थिए।
लगत्तै उपचारका लागि सिद्धि स्मृति अस्पताल पुर्याइए पनि उनको मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ।






Discussion about this post