काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई कान्तिपुरले राति १० बजे फोन गरेर टर्चर दिएको बताएका छन् ।
कान्तिपुरमा प्रकाशित समाचारबारे प्रष्टीकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा सभापति लामिछानेले आफूलाई १० बजे फोन गरेर टर्चर दिएको बताएका हुन् ।
कान्तिपुरले आज प्रकाशित गरेको समाचार पढ्दै लामिछानेले आफ्नो खातामा १ करोड ८० लाख जम्मा नभएको प्रष्ट पारे ।
त्यसैगरी, पत्रकार सम्मेलनका क्रममा बैंकर एवम् पार्टीका केन्द्रीय सदस्य अनिल केशरी शाहले बैंकमा चेक डिपोजिट भएपनि सभापतिले पैसा नपाएको बताए । उनले बैंकिङ क्षेत्रमा यस्ता घटना धेरै हुने गरेको पनि उल्लेख गरे ।






Discussion about this post