काठमाडौं, बैशाख १९ गते । नेकपा माओवादी केन्द्रका प्रभावशाली युवा नेता श्रीधर खनालले सर्बहारा बर्गको अबस्था बदलिन नसकेकोमा चिन्ता ब्यक्त गरेका छन । उनले सामाजिक संजाल मार्फत ब्यवस्था बदलीयो तर सर्वहारा बर्ग जनताको अबस्था बदलिन नसकेको भन्दै चिन्ता ब्यक्त गरेका हुन । उनले आज राजनीति लाजनीतिमा परिणत हुदैछ भन्दै आर्कोश पोखेका छन । सर्वहाराबर्गको नाममा ब्रमलुट गर्ने नेताहरुको जनताले एक एक हिसाव राखेर बसेको समेत उनले लेखेका छन । कम्युनिष्टका नेताहरु आज चिल्ला गाडी, ठूला ठूला घर, घडेरी जोडेर छाँटसंग हिडेको देख्दा आफूलाई कम्युनिष्ट भन्न पनि लाज लागि सक्यो भन्दै नेताहरुलाई सुझाएका छन ।
यस्तो छ, उनले फेसबुकमा पोष्ट गरेको स्टाटस्
हिजोको दिनमा सर्बहारा बर्गको नेतृत्व गर्छौ भन्दै जनताको घर दैलोमा पुग्ने र संगठन बिस्तार गर्ने कम्युनिष्ट पार्टी र तिनका नेताहरु सत्तामा पुगे पछि राता रात धनी बन्दै आएका छन । सर्बहारा बर्गको अबस्था हिजो जस्तो थियो आज पनि त्यस्तै छ । ब्यवस्था फेरियो तर उनीहरुको अबस्था फेरिन सकेको छैन । आज राजनीति लाजनीतिमा परिणत हुदैछ । सर्वहाराबर्गको नाममा ब्रमलुट गर्ने नेताहरुको जनताले एक एक हिसाव राखेर बसेका छन । हिजो राम्रो संग चप्पल लगाउन नसक्ने कम्युनिष्टका नेताहरु आज चिल्ला गाडी, ठूला ठूला घर, घडेरी जोडेर छाँटसंग हिडेको देख्दा आफूलाई कम्युनिष्ट भन्न पनि लाज लागि सक्यो । हाम्रा नेताहरुको बानी, बेहोरा र कार्यशैली प्रति वाक्क दिक्क भएर केही हाम्रा नेता , कार्यकर्ताहरुले नै रवि लामिछाने रोज्न बाध्य भएका छन । किन कि यो कुरा उपनिर्वाचनले प्रमाणित गरिसकेको छ । सत्ता र पदको स्वार्थले कम्युनिष्टहरु चिरा चिरामा बिभाजित छन । अझै बिभाजित हुने छन र भबिशयमा सकिने छन । पुराना पार्टी र ठूलो पार्टी भनेर अहंमता र घमण्ड नगरौं किन कि नयाँ पुस्ताको राजनीति पनि उदायको छ ।
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक...
Read more






Discussion about this post