काठमाडौं । आज पुस ११ गते बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार १७.२३ अंकले घटेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको १९ करोड ६६ लाख ६४ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १८ करोड ६६ लाख २ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन सूर्यजयोति लाइफ इन्स्योरेन्सको १६ करोड ७० लाख ८८ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १६ करोड ३७ लाख ६२ हजार रुपैयाँ र नेपाल रिपब्लिक मिडियाको १२ करोड ७४ लाख ५४ हजार रुपैयाँको कारोबार भएको हो ।





Discussion about this post