काठमाडौं, पुस ११ गते । काठमाडौँ महानगरपालिकामा पनि अब स्वास्थ्य बीमा सुरु हुने भएको छ । काठमाडौँ महानगरपालिका र स्वास्थ्य बिमा बोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै काठमाडौँ महानगरपालिकामा बीमा कार्यक्रम सुरु हुने भएको हो ।
समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी बोर्डका कार्यकारी निर्देशक डा.मदनकुमार उपाध्यायले हस्ताक्षर गर्नुभएको छ ।
स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन तथा सञ्चालन कार्यविधि, २०७८ ले तोकेका मापदण्डका आधारमा सेवा सञ्चालन गर्ने सहमति भएको छ । सहमतिमा बीमा कार्यक्रम यो महिनाभित्र लागू गर्ने सहमति भएको छ ।
स्वास्थ्य बीमा सञ्चालन गरेसँगै देशभरका ७५१ स्थानिय तहमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ । अब काठमाडौँका बुढानिलकण्ठ र नागार्जुन नगरपलिकामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन हुन बाँकी छ । दुई नगरपालिकामा पनि छिट्टै कार्यक्रम सञ्चालन गर्ने गरि तयारी भइरहेको बीमा बोर्डले उल्लेख गरेको छ ।
बीमा गरेपछि प्रति पाँच जनाको परिवारले एक वर्षमा एक लाख बराबरको सेवा प्राप्त गर्ने व्यवस्था रहेको छ ।






Discussion about this post