बुटवल- पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा यात्रु बाहक बस र ट्रक ठोकिँदा ४ जना गम्भीर घाइते भएका छन्।
आज सांझ पौने ६ बजे दाङबाट बुटवलतर्फ आउदै गरेको ना ५ ख ९६४१ नम्बरको यात्रु बाहक बसले सडक किनारमा राेकि राखेको ना ८ ख १९९४ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो। दुर्घटनामा बसको बनोटमा बसेका ४ यात्रु च्यापिएका थिए।
गम्भीर घाइतेहरूलाई उपचारका लागि बुटवल ल्याईएको छ। बसमा रहेका अन्य यात्रु सामान्य घाइते रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक अनिस भण्डारीले बताए ।
बसमा च्यापिएकाहरूको ४५ मिनेट लगाएर उद्धार गरिएको थियो। उद्धार कार्यमा नेपाल प्रहरी, शमशेर दल गणका नेपाली सेना र स्थानीय खटिएका थिए।







Discussion about this post