हैदरावाद । दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म सालार रिलिजको तयारीमा छ । पछिल्लो केही समयदेखि एकपछि अर्को गर्दै फिल्महरु फ्लप भएपछि फ्लपको बिल्ला हटाउन यति बेला उनलाई हिट फिल्मको आवश्यकता छ । प्रभासको फिल्म बक्स अफिसमा बलिउडका किंग खानको डंकीसँग भिड्दैछ ।
आफूमाथिको फ्लपको ट्याग हटाउन यतिबेला सालार हिट हुनु प्रभासका लागि अति जरुरी बनेको छ । बाहुबली रिलिज भएपछि प्रभासले प्यान इन्डियाभर नै आफ्नो राम्रो स्टारडम बनाएका थिए । उनीमाथिको अपेक्षा पनि निकै चुलियो । प्रभासको फिल्मप्रति दर्शकहरुको अपेक्षा पनि बढ्यो । तर बाहुबलीपछि उनका कुनै पनि फिल्म चलेन । दक्षिण भारतीय र बलिउडमै उनको फिल्म बक्स अफिसमा औसत रहे । हिन्दी भाषा बोलिने भेगमा रिलिज भएका राधेश्याम र आदिपुरुष त फ्लप नै भयो
एक पछि अर्को गर्दै फ्लप फिल्म दिइरहेका प्रभासमाथि यति बेला मेकरहरु पैसा खन्याउनबाट बचिरहेका छन् । कयौं मेकर त सालारको रिलिजपछि प्रभासको करियरले कुन मोड लेला भनेर पनि कुरिरहेका छन् । तर यति बेला सालार हिट हुनुले उनको करियरको दिशा तय गर्ने दक्षिण भारतीय फिल्मका ट्रेड विश्लेषक रमेश बाला भन्छन् ।
अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद
फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...
Read more






Discussion about this post