• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:10:20+05:45301020266 2026-06-04T11:10:20+05:45000000Thu, 04 Jun 2026 11:10:20 +0545Thu, 04 Jun 2026 11:10:20 +0545Asia/Kathmandu630_301006Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000020Asia/Kathmandu 620266-11Jun+0545 301006Asia/Kathmandu2030am06p, 0000006ThursdayAsia/Kathmandu2020 262026000000 k620264 3011Asia/Kathmandu 0410ffAsia/KathmanduThu, 04 Jun 2026 11:10:20 +0545Asia/Kathmandu62026-06-04T11:10:20+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:10:20 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 10f ( '301006Asia/Kathmandu2030am06p' === $3026pAsia/Kathmandu || '1780550720' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:10:20 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:20 +05456 $110630 ? 301006Asia/Kathmandu() : 301006Asia/Kathmandu() + (10630) ( 11Asia/Kathmandu30_2026p301020266( '110630_2026ff20Asia/Kathmandu30' ) * 11+05451780550720R_04_thEC+05454Thuth ); } 10f ( '062620qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:10:20'; } $301006Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780550720+0545C' ) : 4p_301006Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301006Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451006Asia/Kathmandu( '620264', $301006Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:10:20 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:10:20 +05456 $04am30Asia/Kathmandu301006Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:10:20 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

यस्ता लक्षण देखिए मिर्गौलामा पत्थरी बनिरहेको संकेत हो, यस्ता छन् लक्षण

हो खबर by हो खबर
२ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

मिर्गौलामा पत्थरीको समस्या अहिले धेरै मानिसमा सामान्य भएको छ। विविध कारणवश् मिर्गौलामा एक अनियमित आकारको ठोस वस्तु जम्मा हुनु वा जम्नुलाई नै मिर्गौला पत्थरी भनिन्छ । हेर्दा यो स–साना ढुङ्गाजस्ता देखिन्छन् ।

यो समस्या २५देखि ४५ वर्षको उमेर समूहमा सबैभन्दा बढी देखिएको छ। एक अध्ययनका अनुसार महिलाहरूको तुलनामा पुरुषहरूमा तीन गुणा बढी यो समस्या हुने गरका पाइएको छ । मिर्गौलाको पत्थरी भनेको मिर्गौला भित्र खनिज र लवणले बनेको क्रिस्टलहरू जम्मा हुनु हो। यो अवस्थाले धेरै नै पीडा हुने गर्दछ । कसैलाई पिसाबको समस्या पनि हुन्छ। यसको लक्षण समयमै पहिचान गरी पत्थरी हटाउन उपचार गराउन चिकित्सकहरु सल्लाह दिन्छन् ।

कम पानी पिउनेमा बढी मात्रामा मृगौलामा पत्थरी हुने वा नुन र चिनी बढी सेवन गर्नेलाई मिर्गौलामा पत्थरी हुने खतरा बढी हुने स्वास्थ्य विज्ञहरू बताउँछन् । खानपानमा ध्यान दिनुका साथै पर्याप्त मात्रामा पानी पिउने हो भने यो समस्याबाट बच्न सकिने चिकित्सकहरू बताउँछन् ।

मृगौलाको पत्थरीका लक्षणहरू:


शरीरमा कुनै रोग भए नभएको वैज्ञानिक पहिचानका लागि केहि विशेष शारीरिक जाँचको आवश्यक भएपनि कतिपय केशमा भने हामी आफुमा देखा परेको शारीरिक लक्षणहरुबाट पनि ती रोगको अनुमान गर्न सक्छौं। मृगौलामा पत्थरी बन्ने समस्या निकै पीडादायी हुने चिकित्सकहरू बताउँछन् । समयमै यसका लक्षणहरूमा ध्यान दिएर पत्थरी बढ्नबाट जोगाउन सकिन्छ। यसको लक्षण यस्तो हुने चिकित्सकहरु बताउँछन् ।

–ढाडको तल्लो भाग वा पेटको एक भागमा दुखाइ महसुस हुनु।

–वाकवाकी वा वाकवाकी संग दुखाइ हुनु।

–पिसाबमा रगत आउनु वा पिसाब गर्दा दुख्नु ।

–पिसाब फेर्न गाह्रो हुनु ।

–धेरै पटक पिसाब लाग्नु।

–ज्वरो आउनु।

–पिसाब गनाउनु।

मृगौलामा पत्थरी हुने कारणहरुः सामान्यतयाः गलत खानपिनलाई नै मिर्गौला पत्थरीको मुख्य कारक तत्व मानिन्छ । व्यक्तिको खानामा समावेश हुने यस्ता निम्न खाद्यवस्तु तथा तत्वहरुले पत्थरी हुने गर्दछ ।

–पानी तथा तरल पदार्थको कम सेवन।

–अत्याधिक एनिमल प्रोटिन अर्थात्, मांसाहारको सेवन।

– रिफाइन सुगर–कृत्रिम रुपमा तयार पारिएको चिनीको धेरै प्रयोग।

–अधिक सोडियम वा नुनको सेवन।

– पत्थरी बढाउने आहारको सेवन । जस्तोः अंगुर तथा स्याउको जुस, गेडागुडी माछालगायत उच्च प्रोटिनयुक्त आहारको अत्याधिक सेवन । यस्तै, खानपिन बाहेक अन्य केहि त्यस्ता मेडिकल अवस्थाहरु पनि छन्, जसलाई पनि व्यक्तिमा पत्थरी हुने गर्दछ ।
अन्य मेडिकल कन्डिशनहरु:
–जन्मजात रुपमै मेटाबोलिज्मको असन्तुलन देखिनु।

–हाइपर थाइराइटिज्म।

–रेनल ट्युब्लर एसिडोसिस।

–उच्च तौल तथा मोटोपना।

–उच्च रक्तचाप तथा मधुमेह।

–आणुवंशिक ।

मिर्गौला रोग विशेषज्ञहरुका अनुसार मृगौलामा पत्थरीको समस्या कसैलाई पनि हुन सक्छ । एक पटक उपचार गरेपछि, पुनरावृत्तिको जोखिम हुन्छ, त्यसैले निवारणका उपायमा सधैं ख्याल गर्नुपर्छ। सुरुमा, पत्थरी नबढेसम्म सामान्यतया कुनै लक्षण हुँदैन।

कहिलेकाहीँ यो पिसाब प्रणालीमा अड्किन सक्छ जसले गम्भीर पीडा निम्त्याउँछ। मिर्गौलाको पत्थरीको अवस्थामा, सामान्यतया पेट वा पछाडिको एक छेउमा दुखाइ रहन्छ। समयमै पहिचान गरी उपचार गर्न जरुरी छ ।

मिर्गौलाको पत्थरीको उपचार पत्थरीको आकार र संख्यामा निर्भर गर्दछ। केही मानिसहरूलाई ढुङ्गा बाहिर निकाल्नको लागि धेरै पानी पिउन सल्लाह दिइन्छ ताकि सानो ढुङ्गाहरू पिसाबको माध्यमबाट जान्छन्, यद्यपि तिनीहरू आकारमा बढ्यो भने शल्यक्रिया आवश्यक हुन सक्छ।

सिट्रिक फलफूल, पानी पिउने र म्याग्नेसियम युक्त चिजको सेवन गर्नाले पनि मृगौलाको पत्थरीका लागि फाइदा हुने गर्दछ । चिकित्सकहरूका अनुसार केही कुरामा सधैं ख्याल राख्दा मिर्गौलाको पत्थरीको समस्याबाट बच्न सकिन्छ । शरीरलाई हाइड्रेटेड राखेर, सन्तुलित आहार र पर्याप्त क्याल्सियमको सेवन, फलफूल र तरकारीको बढी सेवन गर्दा यो समस्याबाट बच्न सकिन्छ । मृगौलाको पत्थरीबाट बच्न पालकलाई राम्ररी धोएर पकाएर खाने सल्लाह दिइन्छ। पानीको सरसफाईमा पनि ध्यान दिन जरुरी छ ।

मृगौला पत्थरीका लागि रोकथामका उपायहरु:

–पर्याप्त मात्रामा पानी तथा तरल पदार्थ खाने – सामान्यतयाः विविध कारणवश् शरीरमा जम्मा भएका स–साना अथवा ५ मिलिमिटरभन्दा साना पत्थरीहरु हाम्रो पिसाबको माध्यमबाटै स्वतः शरीर बाहिर निस्कन्छन् । दुखाईको महशुस नगराउने यस्ता साना पत्थरीहरु ४ हप्ताभित्र शरीरबाट बाहिर निस्किसकेको हुन्छ ।
यद्यपि यसका लागि भने व्यक्तिले पर्याप्त मात्रामा पानी अथवा तरल पदार्थको सेवन गर्नुपर्छ ।

खानपानमा ध्यान दिने– पत्थरीबाट जोगिने प्रमुख उपाय भनेकै खानपिनमा सुधार गर्नु हो । वर्तमान समयमा अधिकांशमा खानपिनकै कारण पत्थरीको जोखिम बढिरहेको देखिन्छ । यसर्थ हामीले आफ्नो खानपिनमा उचित नियन्त्रण गरेकै आधारमा पनि पत्थरीको जोखिमलाई धेरै हदसम्म कम गराउन सकिन्छ ।
यसका लागि हामीले रिफाइनयुक्त चिनी, अत्याधिक नुनको सेवन तथा सोडियमको प्रयोग गर्ने बानीलाई हटाउनु पर्छ, भने उच्च प्रोटिन पनि पत्थरीका निम्ति घातक भएकाले यसको उपभोगमा पनि उत्तिकै ध्यान पु¥याउनु पर्छ । प्रोटिनको सन्दर्भमा भन्नुपर्दा, तुलनात्मक रुपमा अन्य खानाभन्दा मांसाहार आहारबाट प्राप्त हुने प्रोटिन पत्थरीको निम्ति अति नै हानिकारक मानिन्छ ।

उचित तौल– उचित तौल भएका व्यक्तिको तुलनामा मोटा व्यक्तिहरुमा पत्थरी हुने सम्भावना अधिक रहन्छ । यसकारण पनि हामीले आफ्नो तौललाई उचित राख्नका लागि शारीरिक रुपमा सक्रिय रहने, खानपिनमा ध्यान दिने र नियमित शारीरिक व्यायाम गर्ने बानीको विकास गर्नुपर्छ ।

समय–समयमा स्वास्थ्य जाँच– पत्थरीले आफुलाई दुःख नदिएसम्म हामीलाई हाम्रो शरीरमा पत्थरी छ भन्ने समेत थाहा हुँदैन । यसको शुरुवातीमा नै पहिचान गर्न सके सबै बिरामीमा शल्यक्रियाको आवश्यकता नपर्ने भएकोले पनि यसको समयमै पहिचान गर्नु उत्तिकै महत्वपूर्ण रहन्छ । यसका लागि भने हामीले समय–समयमा आफ्नो होल बडि जाँच गर्ने बानी बसाल्नु पर्छ भने कहिलेकाहिँ हुने गरेको दुखाईलाई पनि बेवास्ता गर्नुहुदैँन ।

Previous Post

छाती दुख्ने कारण एउटै हुँदैन,छाती दुखेमा के गर्ने

Next Post

यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, कसरी बच्ने ?

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

यस्ता लक्षण देखिए मृगौलामा समस्या हुनसक्छ, कसरी बच्ने ?

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In