HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

आज धनतेरस ,१ बजेपछि सामान खरिद गर्दा लाभ –

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

धनतेरस पर्व कात्तिक कृष्ण त्रयोदशीमा मनाइन्छ । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ ।

यो दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ । यस दिन धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । शुक्रबार हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।

शुक्रबार मध्याह्न १२ बजेर ५० मिनेटपछि मात्र त्रयोदशी लाग्ने भएकाले सो मसय कटेपछिमात्र सामग्रीहरु किन्नु पर्छ । धनतेरसका दिन खरिद गरेका सामाग्रीहरु राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने जनविश्वास छ।

धन्तेरसको दिन कमलको पुष्पासनमा बसेकी माता लक्ष्मी र गणेशजीको मुर्ति, तस्बिर घर भित्र्याउनु फलदायी हुने धार्मिक मान्यता छ । माटोको मुर्ति वा तस्बिर पनि लिन सकिन्छ ।

धन्तेरसको अवसरमा भाँडाकुँडा खरिद गर्दा स्टिल, तामा, पित्तल आदिको भाँडा किनेपनि एउटा कुनै न कुनै वस्तु चाँदीको खरिद गर्नु शुभ मानिन्छ । सम्भव भएसम्म सुन किन्नु अत्यन्त लाभदायी मानिन्छ ।

धनतेरसको दिन किनेको सामान घरको पूर्व-उत्तर दिशा (इशान कोण)मा लगेर राख्नुपर्दछ । यसो गर्नाले कुबेरजी पनि प्रसन्न भई घरमा विराजमान हुने विश्वास छ । यस दिनकालो रङ्गको कुनै पनि वस्तु खरिद गर्नुहुँदैन ।

धन्तेरसको दिन कौडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ । यसदिन कुचो लगायतका सामग्री किन्ने प्रचलन पनि रहेको छ ।

धनतेरसमा गर्नु पर्ने कामहरु

दियो बाल्ने
धन्तेरसको दिन साँझमा एउटा दियो बालेर त्यसको नजिक एउटा कौडा राखिदिनुपर्छ । त्यो कौडालाई रातो कपडामा बेरेर सेफ अथवा पैसा राख्ने ठाउँमा राख्नुपर्छ । त्यसो गर्दा घरमा कहिल्यै पैसाको कमी हुँदैन भन्ने धार्मिक मान्यता छ ।

यो मन्त्रका साथ जप गर्नुपर्छ

साँझ पूजा गर्दा १०८ पटक ‘ओम यक्षाय कुवेराय वैश्रववाय, धन-धान्यधिपतये धन-धान्यसमृद्धिममदेहीदापय स्वाहा’ भन्दै कुवेरको मन्त्रको जप गर्नुपर्छ । यसो गर्दा धनको कमी हुँदैन भन्ने किंवदन्ती छ ।

२१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ

राति बिउहरुबाट अभिमन्त्रितत गरिएको २१ वटा चामलको अक्षतालाई रातो थैलीमा बाधेर लक्ष्मी-कुवेरको पूजा गर्नुपर्छ । अभिमन्त्रित गरिएको अक्षतालाई धनसँग राख्नुपर्छ । यसो गर्नाले सबै आर्थिक रुपमा भएका सम्पूर्ण समस्याहरु कम हुन्छ भन्ने धार्मिक मान्यता छ ।

श्रीसूक्तको पाठ गर्नुपर्छ

धन्तेरसदेखि भाइटीकासम्म नित्य रात्रिमा ११ वटा कौडालाई रातो वस्त्रमा राखेर श्रीसूक्तको पाठ गर्नुपर्छ । भाइटीकापछि त्यसलाई धनसँग राख्नुपर्छ । यसो गर्दा तपाईलाई लाभ हुन्छ भन्ने विश्वास छ ।

चाँदीको सिक्का

धन्तेरसमा चाँदीको सिक्का र काँचो बेसारको टुक्रालाई पूजा गर्नाले जीवनमा उन्नती र प्रगति प्राप्त हुने मानिन्छ ।

धन सम्बन्धी समस्याको कमी

यदि तपाईंसँग पैसा टिँक्दैन र धनको कमी हुन्छ भने धन्तेरसदेखि लक्ष्मी पूजाको दिनसम्म हरेक दिन माता लक्ष्मीलाई एक जोडी ल्वाङ चढाउनुपर्छ । यसोगर्दा पैसा टिक्न थाल्छ ।

धनसँगै सम्मान पनि प्राप्त हुन्छ भन्ने विश्वास

ज्योतिष शास्त्रका अनुसार चमेरो बसेको रुखको हाँगा भाँचेर घरमा ल्याउनुपर्छ र यसलाई बैठक कोठामा राख्नुपर्छ । यसो गर्नाले तपाईंको रोकिएको काम पूरा हुन्छ ।

पर्समा राख्नुपर्ने कुरा

धन्तेरसको दिन कुनै तेस्रो लिंगीको हातबाट पैसा लिएर आफ्नो पर्समा राख्नुपर्छ । त्यसो गर्नाले तपाईले जिन्दगीमा धेरै सफलता प्राप्त गर्नुहुन्छ ।

श्रीयन्त्रको पूजा

धन्तेरस र लक्ष्मी पूजामा श्रीयन्त्रको पूजा गर्नाले जीवनमा कहिल्यै पैसाको खाँचो पर्दैन ।

Previous Post

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Next Post

आज धनतेरस : कुन सामान किन्नु लाभदायी ?

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k

एक महिनामा रवि लामिछानेको कति पुग्यो ?हस्ताक्षर र आर्थिक संकलन

१० महिना अगाडि
1.2k
Next Post

आज धनतेरस : कुन सामान किन्नु लाभदायी ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.