काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा सुधार आएको छ । उक्त दिन बजार ९.२४ अंकले बढेर १९६७ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा सुधार आउँदा मध्यभोटेकोशी जलविद्युत कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ ।
त्यसैगरी, इन्फिनिटी लघुवित्तको ९.८५ प्रतिशत, सिवाइसी लघुवित्तको ७.६२ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ७.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।





Discussion about this post