काठमाडौं, १ असोज– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले, ६० केजी सुन तस्करी प्रकरणमा सरकारले निर्लज्जर बेसरम भएर तस्करीलाई जोगाएको बतचाएका छन् ।
ललितपुरमा आयोजित ‘बढ्दो महंगी र उपभोक्ताको हितको सबाल बिचार गोष्ठिमा’उनले यस्तो बताएका हुन । सरकारले सुन तस्करी प्रकरणकामुख्य दोषीलाई भगाउनसरकारले मद्दत गरेर निर्रलज्जता देखाएको बताए ।
उनले भने ‘भएको त्यो होनि सरकार त निर्लज्ज भएर बेसरम भएर सुन बुझ्न गएको मान्छे लाई कस्को सुन हो ?के हो ?कहाँ बाट आयो ?
कसले पैसा हाल्यो ?त्यो कुराको सोधिखोजी नगरी कहाँ लिएर जाँदै थियो त्यो पनि नसोधिकन छोड्यो होला त ?’उनले भाटभेटेनीका सञ्चालक लाई समातेको तथा कांग्रेसका सांसदलाई विना पूर्जि पक्राउ गरेको भन्दैै थपे, ‘एक सय केजी सुन सहित पक्राउ परेको एउटा सुन बुझ्न आएको मान्छे र लिएर जाने ट्याक्सी ड्राइभर त्यस्ता निश्चित मान्छेहरु थिए उनीहरु लाई राजस्वमा पुर्याएर खोजेका बेला हाजिर हुन्छु भनेर भगाइयो ।
भगाएकै हो त्यो ।नत्र तपाइँहरु अनुमान गर्नुहोस्त मिनबहादुर गुरुङ भाग्छ भनेर समातिने, सुनिलशर्मा भाग्छ भनेर अचानक पक्रिने ।
सरकारलाई सर्टिफिकेट हेर्न पर्यो रे त्यसकारण माननीय भाग्छ भनेर पूर्जी न आदेश पहिल्यै समात्यो ।’ओलीले सरकारले तस्करलाई भगाउन सबै व्यवस्था गरे पछि सबै मिलाए पछि जाँच गरेको जस्तो देखाएको भन्दै थपे ‘अनि सुन तस्कर चाँही भाग्दैन, परेको बेलामा हाजिर हुन्छु भनेर छोडियो ।
आज देखि पर्सि सम्म सबै मिलाइसके पछि मान्छे भाग्ने भागिसके सीमाकाट्ने काटिसके,लुकाउने कुरा लुकाइ सकियो पर्सि पल्टगएर छापा मारेर ६५ ओटा खालीबक्सा जसमा बोकिएको थियो ।
सामानति ६५ बाकस भेटिए तर खाली तीन दिन पछि जाँदा ड्राइभर र सुन बुझ्न जाने मान्छेलाई छोड्दिएर ल गएर सबै भगाउ मिलाउ सबै लुकाउ भनेर पठाए पछि अनि भेटिन्छ?






Discussion about this post