• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T11:11:16+05:45301120266 2026-06-04T11:11:16+05:45000000Thu, 04 Jun 2026 11:11:16 +0545Thu, 04 Jun 2026 11:11:16 +0545Asia/Kathmandu630_301106Asia/Kathmandu( $3026pAsia/Kathmandu, $110630 = 0 ) { // Thu20266'30 00000016Asia/Kathmandu 620266-11Jun+0545 301106Asia/Kathmandu1630am06p, 0000006ThursdayAsia/Kathmandu1616 262026000000 k620264 3011Asia/Kathmandu 0411ffAsia/KathmanduThu, 04 Jun 2026 11:11:16 +0545Asia/Kathmandu62026-06-04T11:11:16+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 11:11:16 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 11f ( '301106Asia/Kathmandu1630am06p' === $3026pAsia/Kathmandu || '1780550776' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 11:11:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:11:16 +05456 $110630 ? 301106Asia/Kathmandu() : 301106Asia/Kathmandu() + (11630) ( 11Asia/Kathmandu30_2026p301120266( '110630_2026ff16Asia/Kathmandu30' ) * 11+05451780550776R_04_thEC+05454Thuth ); } 11f ( '062616qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 11:11:16'; } $301106Asia/Kathmandu15420266Asia/Kathmandu = $110630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780550776+0545C' ) : 4p_301106Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu301106Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05451106Asia/Kathmandu( '620264', $301106Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 11:11:16 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 11:11:16 +05456 $04am30Asia/Kathmandu301106Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 11:11:16 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

गर्भावस्थामा तनाव लिंदा पर्न सक्छ शिशुलाई असर

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

आजभोलि प्राय: सबै जना कामकाजी हुने भएकाले कार्यालय र कामको तनावले सताइरहेकै हुन्छ । त्यसमाथि तलबबाट आएको निश्चित पैसाले बच्चा जन्माउने बेलामा कुनै जटिल अवस्था आएमा कसरी व्यवस्थापन गर्ने भन्ने तनाव पनि मुख्य रुपमा देखिने गर्छ ।
अझ अहिले ग्रामीण क्षेत्रमा धेरै युवा विदेशमा हुन्छन् । यस्तो बेला गर्भवती महिला श्रीमानको प्रत्यक्ष साथ र सहयोगबाट बञ्चित हुन पुग्छन् । जसकारण एक्लोपनका कारण उनीहरुमा तनावले सताउँछ ।

गर्भावस्थामा थाइराइड, मधुमेह, प्रेसर बढ्ने समस्या हुन सक्छ । यस्तो समस्या देखिंदा तनाव थप बढ्ने डा. शाह बताउँछन् । यसबाहेक ‘अनप्लान बेबी’ रहन गएमा पनि तनाव हुन सक्छ ।

तनावका कारण सुरुको दुई-तीन महिना कसैकसैलाई बान्ता हुने, खाना नरुच्ने, अस्पताल भर्ना हुनुपर्ने, पेट दुखिरहने समस्या हुन्छ । गर्भावस्थामा हार्मोन परिवर्तन हुँदै जाने भएकाले दुई–तीन महिनादेखि नै महिलामा तनावको समस्या हुन्छ ।

गर्भावस्थामा तनाव लिंदा शिशुमा कस्तो असर पर्छ ?

गर्भावस्थामा तनाव लिंदा गर्भमा रहेको शिशुलाई प्रत्यक्ष रुपमा असर गर्ने डा. शाह बताउँछन् । ‘गर्भवती महिलामा चरण अनुसार फरक पर्छ । गर्भ रहेको १० हप्तामा शिशुको शारीरिक अंगको विकास हुने गर्छ । यसबेला बढी तनाव लिएमा शिशुको शारीरिक विकासमा समस्या आउन सक्छ,’ उनी भन्छन् ।

त्यस्तै गर्भवती भएको तीन महिनापछि शिशुको बौद्धिक वृद्धि विकास हुने भएकाले यसबेला बढी तनाव लिएमा बौद्धिक विकास ढिलो हुने उनी बताउँछन् । जस्तै, ढिलो बामे सर्ने, ढिलो हिंड्न सुरु गर्ने, ढिलो बोल्ने, ढिलो बुझ्नेलगायत सबै क्रियाकलाप सामान्य शिशुको भन्दा ढिलो हुने अध्ययनबाट पुष्टि भएको डा. शाह बताउँछन् ।

अमेरिकी स्वास्थ्य विभाग र मानव सेवा राष्ट्रिय स्वास्थ्य संस्थानमा अध्ययन अनुसार उच्च तनावले उच्च रक्तचापको जोखिम हुन सक्ने देखाएको छ । यसले शिशु अवधिभन्दा पहिला जन्मिने र कम तौल भएको शिशु जन्मिने जोखिम हुन्छ । त्यस्तै उच्च तनावले गर्भ खेर जाने समेत हुन सक्छ ।

‘तर यो कुरा कुनै अध्ययनमा प्रमाणित नै भएको चाहिं होइन,’ डा. शाह भन्छन्, ‘बरु कामको लोडका कारण भने गर्भ खेर जान सक्ने बढी भएको र अध्ययनले देखाएको छ ।’

सीएनएनमा प्रकाशित मेडिकल जर्नल जामा ओपन नेटवर्कको अध्ययन अनुसार गर्भावस्थामा तनावका कारण शिशुको विकासमा प्रत्यक्ष असर पर्ने देखाएको छ ।

कसरी व्यवस्थापन गर्ने ?

गर्भावस्थामा तनाव धेरै भएमा मनोचिकित्सक वा गाइकोलोजिस्टसँग छलफल गर्नुपर्ने डा. शाह सुझाउँछन् । साथै मानसिक तथा आर्थिक रुपमा सक्षम भएर मात्र गर्भाधारण गरेमा तनाव केही कम हुन सक्ने उनी बताउँछन् । यसबेला विशेषगरी जीवनसाथीको साथ र सहयोग महत्वपूर्ण हुन्छ ।

बाल मनोचिकित्सक डा. अमित झा भन्छन्, ‘मानिसलाई जहिले पनि तनाव हुन्छ तर गर्भावस्थामा हार्मोनमा परिवर्तन हुने र शारीरिक परिवर्तन हुनाले यसबेला अझ बढी तनाव थुप्रिने हुन्छ । झन् यसबेला परिवारको साथ सहयोग भएन, झैझगडा हुने तथा एक्लै सबैथोक गर्नुपर्ने अवस्थामा तनाव बढी हुन्छ । यसले भविष्यमा डिपे्रसन र एन्जाइटी हुने सम्भावना हुन्छ ।’

यसलाई नियन्त्रण वा व्यवस्थापन गर्न रियाक्स सेसन आराम दिने व्यायाम गर्न सकिने डा. झा सुझाउँछन् । ‘बिस्तारै लामो सास तान्ने र फाल्ने, मनलाई शान्त गर्ने व्यायाम, हिंडडुल गर्ने, प्रशस्त पानीको सेवन गर्ने, सन्तुलित भोजन, योग, ध्यान गर्न सकिन्छ । यसले शारिरिक, मानसिक र भावनात्मक रुपमा स्वस्थ रहन सकिन्छ,’ उनी भन्छन् ।

गर्भावस्थामा तनाव कम गर्न आफूलाई मनपर्ने संगीत सुन्ने, उत्प्रेरणामूलक, आध्यात्मिक पुस्तक पढ्ने र प्रेरक भिडियो वा अडियो हेर्न-सुन्न सकिने डा. बताउँछन् । मनमा लागेका कुरा परिवारको सदस्य वा मिल्ने साथीलाई खुलेर गर्ने, एक्लैभन्दा पनि समूहमा बस्ने गरेमा यसबेला उत्पन्न हुने तनावलाई न्यून गर्न सकिने उनी बताउँछन् ।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,भदौं ०९ गते शनिबार ,आज तपाईको भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल

Next Post

यौ’न क्षमता बढाउन त्याग्नुहोस् यी बानी !

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

यौ’न क्षमता बढाउन त्याग्नुहोस् यी बानी !

Discussion about this post

भर्खरै

  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ६ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ६ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In