HOKHABARNEWS
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

नेपाललाई पाठ सिकाउने हार

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

११ कात्तिक, काठमाडौं । ‘वर्षभरि हाम्रो ब्याटिङ उत्कृष्ट थियो । आज पहिलो पटक मलाई ब्याटिङले निरश बनाएको अनुभव भयो । किनकी फिनिसिङ गर्न सकेनौँ । क्रिकेटमा यस्तो हुन्छ’, टी-२० त्रिकोणात्मक शृंखलाको फाइनलमा शुक्रबार यूएईसँग हारपछि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाइले भने ।

दशैँको अवसरमा खेलिएको हङकङसमेत सहभागी यस शृंखलामा लिग चरणभर अपराजित रहेको नेपाल फाइनलमा भने यूएईसँग ४ विकेटले पराजित हुन पुगेको थियो । उपाधिका लागि नेपालले दिएको १६३ रनको सामान्य लक्ष्य यूएईले १ बल खेल्नुअघि ५ विकेट गुमाएर भेट्टायो ।

फाइनल पुग्नुअघि नेपालले मूलपानी मैदानमा यूएई र हङकङलाई दुई-दुई पटक पराजित गरेको थियो ।

मोन्टी देसाइको आगमनपछि पछिल्लो एक वर्ष नेपालले ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै लिग टु मा सनसनीपूर्ण प्रदर्शन गर्दै विश्वकप छनोटमा पुगेको थियो । एसीसी प्रिमियर कप च्याम्पियन बन्दै एसिया कपमा छनोट भएको नेपालले भारत र पाकिस्तान जस्ता टिमसँग पहिलो पटक ओडीआई समेत खेल्यो ।

तर शुक्रबारको ब्याटिङले प्रशिक्षक मोन्टीलाई मात्र नभएर नेपाली समर्थकलाई पनि निराश बनायो । यो हार पनि कस्तो समयमा भयो भने आगामी वर्ष हुने टी-२० विश्वकपका लागि घरेलु मैदानमै हुने एसिया क्षेत्रको छनोटको पूर्व सन्ध्यामा ।

गत महिना चीनमा भएको १९औं एसियाडपछि नेपालको अधिकांश खेल टी-२० का छन् । १९ औं एसियाडपछि नेपालले ८ टी-२० आई खेल्दा यूएईसँग शुक्रबार भएको हार दोस्रो हो । एसियाडमा मंगोलियालाई र माल्दिभ्सलाई हराएको नेपाल भारतसँग भने पराजित भएको थियो ।

यूएईसँगको हार नेपालका लागि चेतावनीको संकेत मान्न सकिन्छ । हारले नेपाललाई पाठ पनि सिकाएको हुनुपर्छ कि खेलमा सधैँ एउटै अवस्था हुँदैनर सधैँ जित पनि हुँदैन ।

मूलपानीमा भएको चार खेल आरामले जितेर फाइनल पुगेको नेपालले उपाधि जित्ने धेरैको अनुमान थियो । तर ब्याटिङमा नेपालले ठूलो स्कोर बनाउन नसक्दा त्यसलाई रक्षा गर्न झन् कठिन भयो । नेपालले खेललाई अन्तिमसम्म पुर्यालएपनि खेल आफ्नो पक्षमा पार्न असफल रह्यो ।

‘टी-२० यस्तो गेम हो जहाँ हरेक चरणमा शतप्रतिशत दिनुपर्छ’, प्रशिक्षक मोन्टीले भने, ‘१३ औं ओभरमा रोहित र दीपेन्द्रको विकेट गुमाएपछि हामीमा प्रेसर पर्‍यो । त्यो दुई महत्वपूर्ण पक्ष रह्यो जसले गर्दा हामीले ठूलो स्कोर बनाउन सकेनौँ’, उनले भने ।

हारबाट सिकेको पाठ

१३ कात्तिकबाट काठमाडौंमै टी-२० विश्वकप एसिया छनोट हुँदैछ । त्यसै प्रतियोगिताको तयारीस्वरुप यो त्रिदेशीय शृखंला आयोजना गरिएको थियो । लिग चरणका खेल हेर्दा नेपालले एकपक्षीय रुपमै जित निकालेको थियो र दशैँमा समर्थकलाई खुशी दिएको थियो । फाइनलको एक मात्र हारले धेरैलाई निराश बनायो भने खेलाडीलाई राम्रो पाठ सिकायो ।

अब नेपालले विश्वकप छनोटमा यो गल्ती कमजोरीलाई सुधार गर्दै अघि बढ्नुपर्ने भएको छ । कप्तान रोहितले फाइनलको हार चेतावनीजस्तै जस्तै भएको बताए । ‘एक हिसाबले हाम्रो लागि यो अलार्म हो’, उनले भने, ‘विश्वकप छनोट हाम्रो लागि महत्वपूर्ण छ । अब हाम्रो ध्यान क्वालिफायरमा राम्रो गर्नेमा केन्द्रित हुनेछ ।’

त्रिकोणात्मक शृखंलामा पराजित हुँदा दु:खी भएपनि प्रशिक्षक मोन्टी देसाइले समग्रमा टी २० विश्वकप छनोटका लागि राम्रो तयारी भएको बताएका छन् ।

‘टी-२० छनोटलाई मध्यनजर गर्दा हामीले पछिल्लो एक महिना टी-२० फर्मयाटमा राम्रो तयारी गरेका छौँ । एसियन गेम्समा हामी भारतलाई हराउने नजिक पुगेका थियौं । नागपुरमा राम्रो तयारी भयो । यो शृंखलामा पनि समग्रमा राम्रो प्रदर्शन भयो’, मोन्टीले टी-२० मा कमब्याक गर्ने अवसर नहुने र सबै क्षेत्रमा राम्रो प्रदर्शन गर्नुपर्नेमा जोड दिए ।

अक्टोबर ३० देखि नोभेम्बर ५ सम्म (कात्तिक १३-१९) हुने टी-२० विश्वकप एसिया छनोटमा नेपालसहित एसियाका उत्कृष्ट ८ एसोसिएट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । जसबाट फाइनल पुग्ने शीर्ष दुई टोली अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा टी-२० विश्वकपमा छनोट हुनेछ ।

एसिया छनोटमा नेपाल समूह ए मा छ । नेपालसँगै ओमान, सिंगापुर र मलेसिया छन् । यूएई, हङकङ, बहराइन र कुवेत समूह बीमा छन् ।

नेपालले पहिलो खेल सोमबार बिहान ९ बजे कीर्तिपुरमा सिंगापुरसँग खेल्नेछ । समूह ए को सबै खेल, सेमिफाइनल र फाइनल कीर्तिपुरमा हुनेछ भने समूह बी को खेलहरु मूलपानी मैदानमा हुनेछ ।

Previous Post

आज पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे

Next Post

मौसम : आज केही भूभागमा सामान्य वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपात

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
२ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

२ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

मौसम : आज केही भूभागमा सामान्य वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपात

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    २ घण्टा अगाडि
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    २ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.