, २६ साउन– धरान उपमहानगरका मेयर हर्क साम्पाङ्गले खानेपानी क्षेत्रलार्ई प्रविधि मैत्री बनाउन सुरू गरेका छन् ।
खानेपानीको अभाव रहेको धरानमा यसअघि विभिन्न स्थानबाट पानी ल्याइ व्यवस्थापन गरिरहेका साम्पाङले खानेपानी बोर्ड तथा समितिहरूलाई पनि प्रविधिमैत्री बनाउन लागेका हुन् ।
धरान खानेपानी ब्यबस्थापन बोर्ड र देशभरका खानेपानी समितिहरूलाई डिजिटलाइज गरिरहेको दियालो टेक्नोलोजीज बीच बोर्डलाई अटोमेशनमा लैजान सम्झौता भएको छ । सम्झौता पत्रमा दियालो टेक्नोलोजिजका तर्फबाट चिफ बिजनेस अफिसर रोशन गौतम र धरान खानेपानी बोर्डका तर्फबाट भेषराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै खानेपानी बोर्डमा क्लाउडमा आधारित बिलिङ, लेखा ब्यबस्थापन सफ्टवेयर वाटमार्क प्रयोग गरि पूर्ण अटोमेशनमा लगिनेछ । उपभोक्ताले खानेपानीको महशुल घरबाटै तिर्न सकिने अनलाइन भुक्तानी सुविधाको मेयर साम्पाङ्गले यसअघि नै उद्घाटन गरिसकेका छन् ।
मेयर साम्पाङ्गले ग्राहक उपभोक्ताहरुलाई राहत दिलाउन खानेपानी बोर्डको कामलाई पनि प्रविधियुक्त पूर्ण अटोमेशनमा लैजाने बताए । यस्तै धरान खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले अबदेखि पानीको महशुल इसेवा, खल्ती वा फोन पेको माध्यमबाट घरबाटै तिर्न सकिने बताए ।







Discussion about this post