यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबार ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको हो ।
गत साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ थियो । यस्तै, सो अवधिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो । जुन, ११ सयले घटेर यो साताको शुक्रबार कारोबारमा आएको छ ।
हिजो शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ कायम थियो । यो साताको आइतबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढ्नुबाहेक अन्य दिन घटिरह्यो ।





Discussion about this post