१८ साउन– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा नेकपा माओवादी भित्रकै नेता भए पनि नछाड्ने बताएका छन ।
उनले सुशासन स्थापना गर्ने र जनतालाई राहत दिने सरकारको मुख्य कार्यभार रहेको बताएका छन । माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन ।
उनले भ्रष्टाचारविरुद्ध सरकार खरो उत्रिएको बताएका छन । उनले भने, ‘यतिखेर सरकारको मुख्य कार्यभार सुशासन कायम गर्नु रहेको छ । सरकार भ्रष्टाचारका विरुद्ध खरो उत्रिएको छ ।
सुशासनको सवालमा पार्टी भित्रैका भए पनि कसैलाई छोडिँदैन ।’ हिजो बुधवारको बैठकमा बोल्ने केन्द्रीय सदस्यले भ्रष्टाचारविरुद्ध प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री श्रेष्ठले चालेको कदमको स्वागत गरेका थिए ।
उनीहरूले भ्रष्ट र आर्थिक अनियमितता गर्नेहरू पार्टीभित्र लुकेर बसेको भए पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन । मन्त्री श्रेष्ठले भ्रष्टाचारविरुद्ध सरकारले शुरु गरेको अभियान नरोकिने बताएका छन ।






Discussion about this post