• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:09:31+05:45300920266 2026-06-04T09:09:31+05:45000000Thu, 04 Jun 2026 09:09:31 +0545Thu, 04 Jun 2026 09:09:31 +0545Asia/Kathmandu630_300906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000031Asia/Kathmandu 620266-9Jun+0545 300906Asia/Kathmandu3130am06p, 0000006ThursdayAsia/Kathmandu3131 262026000000 k620264 3009Asia/Kathmandu 0409ffAsia/KathmanduThu, 04 Jun 2026 09:09:31 +0545Asia/Kathmandu62026-06-04T09:09:31+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:09:31 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 09f ( '300906Asia/Kathmandu3130am06p' === $3026pAsia/Kathmandu || '1780543471' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:09:31 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:31 +05456 $90630 ? 300906Asia/Kathmandu() : 300906Asia/Kathmandu() + (09630) ( 9Asia/Kathmandu30_2026p300920266( '90630_2026ff31Asia/Kathmandu30' ) * 09+05451780543471R_04_thEC+05454Thuth ); } 09f ( '062631qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:09:31'; } $300906Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780543471+0545C' ) : 4p_300906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu300906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05450906Asia/Kathmandu( '620264', $300906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:09:31 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:09:31 +05456 $04am30Asia/Kathmandu300906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:09:31 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
Advertisement
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

बाढी पहिरोले १३ घरपरिवार विस्थापित

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गत एक सातादेखि आएको अविरल वर्षाका कारण बाढी पहिरोबाट बाजुरामा १३ परिवार विस्थापित भएका छन् । शुक्रवार आएको बाढी र पहिरोका कारण हिमाली र गौमूल गाउँपालिकामा १३ परिवार विस्थापित हुनुका साथै दर्जनौँ घर जोखिममा परेका छन् ।

गौमूल गाउँपालिका–३ मा आएको पहिरोमा परी १२ परिवार विस्थापित बनेका छन् । लगातारको वर्षापछि आएको पहिरोका कारण बेहरिका पाँच र ढल्काँडाका ७ गरी १२ परिवार विस्थापित बनेको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए ।उनका अनुसार बेहरिका चीन रोकाया, सुरेश रोकाया, कृष्ण विक, पुष्प विक र जोगी विकको परिवार विस्थापित भएको छ । साथै ढल्काँडाका राजेन्द्र धामी, भानबहादुर बोहरा, वसन्त बोहरा झाँक्री बोहरा, गङ्ग बोहरा अफिलाल बोहरा,बिरजित बोहराको परिवार विस्थापित भएको छ ।

पहिरोले सिङ्गो बस्ती नै विस्थापित गर्ने गरी खसेको छ । दिउँसोको समयमा पहिरो खसेकाले मानवीय क्षति नभए पनि भौतिक नोक्सानी बेहोर्नुपरेको स्थानीयले बताएका छन् । पहिरोका कारण १२ परिवारका ६० जनाभन्दा बढीलाई विद्यालयमा सारिएको उपाध्यक्ष थापाले बताइन् ।

घरभित्र राखिएको केही अन्नपात, लत्ता कपडा र अन्य सम्पत्ति भने जोगाउन सफल भएको विस्थापित परिवारको भनाइ छ । वर्षा जारी रहेकाले पहिरो अहिले पनि नियमित बगिरहेको बताइएको छ ।गौमुलका अन्य बस्ती पनि पहिरोको उच्च जोखिममा रहेका गाउँपालिकाले जनाएको छ।

हिमाली गाउँपालिका– ३ युनामा शुक्रवार घरमाथिबाट आएको पहिरोमा परी दीपलाल बुढाको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक कविंि बोहराका अनुसार शुक्रवार बिहान साढे ८ बजे आएको पहिरोले बुढाको घरसहित घरभित्र भएका अन्नपात, लुगा कपडा बगाएको छ ।

पहिरोले घर बगाएपछि तीन जनाको परिवारको बिचल्ली भएको छ । उनीहरुको सुरक्षित बासका लागि वडा अध्यक्षसँग पहल भइरहेको प्रहरी उपरीक्षक बोहराले ले बताए । पहिरोका कारण सोही वडाका १० घर जोखिममा परेको बताइएको छ । युनामा रहेको आधारभूत स्वास्थ्यचौकी पनि पहिरोको जोखिममा परेको छ ।

त्यस्तै बडिमालका नगरपालिका वडा नं ७ ढम्कनेमा पनि गत साता आएको वर्षका कारण ढम्कनेका पाँच दलित परिवार उच्च जोखिममा परेको वडाध्यक्ष धर्मराज पाध्याले जानकारी दिएका छन् । । ढम्कनेमा एक काठेपुल वगाएको छ भने आलुरस्टिक केन्द्र र खानेपानीमा क्षेती भएको वडाध्यक्ष पाध्याले बताए ।

पहिरो जानुको मुख्य कारण डोजरै विकास र बल मिच्याई गर्ने प्रबिृत्ती भएको स्थानइिको गुनासो छ । राजनीतिक आस्था र आसेपासेलाई काम दिने मानछेले गर्नु पर्ने सामान्य काम पनि डोजर प्रयोग गर्ने प्रबित्ती बाजुराका पालिकामा छ । गौमुल गाउँपािलकाको थुमतला आधारभूत विद्यालयको खेलमैदान निर्माण गर्ने जिम्मा स्थानीय ठेकारको जिम्मा लगाए । गाउँमा डोजर चलाउँदा हाम्रा घर भत्किन्छन् डोजर नलगाउन अनुरोध ग¥यौं , हाम्रो सीप चलने गाउँमा डोजर चलाए ,भुकम्पले चर्केका घर छियाछिया थिए । एकातिर भूकम्प अर्कोतिर गाउँमा डोजर चलाएपछि कच्ची घर शुरक्षित रहेन। अहिले गाउँलेको उठिबास भयो स्थानीय राजेन्द्र रोकायाको भनाई छ ।

बाजुराका दुई हजारभन्दा बढी परिवार अहिले पहिरोको उच्च जोखिममा छन् । उनीहरुले अहिले पनि पाँल टाँगेर बस्नुपर्ने, रातभर जागराम हुनुपर्ने बाध्य छन् ।
भिरालो र पाखो जमिन, चारैपतरबाट पहिरोको डर र बेला बेलाको भूकम्पले जमिन चिराचिरा परेकाले घर झनै जोखिम रहेका छन् । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाजुरामा एक वर्षमा सबैभन्दा बढी ११ पटक भूकम्प गएको जनाएको छ ।

माघ १० गते गएको भूकम्पका कारण गौमुल गाउँपालिका एकजनाको मृत्यु सँगै स्थानीय विस्थापित भएका थिए । हिमाली गाउँपालिकाको विच्छयाँ केन्द्रबिन्दु भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । हिमाली गाउँपालिका, गौमुल गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका थिए । त्यसपछि पनि बाजुरामा पटक पटक भूकम्प गइरहेको छ ।

Previous Post

आइफोन किन्नकै लागि आमा–बाबुले बेचे ८ महिनाको बच्चा

Next Post

कोरिया पठाउने भन्दै अवैधानिक तालिम केन्द्र

HoKhabar

HoKhabar

Related Posts

समाचार

खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

by हो खबर
४ घण्टा अगाडि
0
1.2k

राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुद परम्परागत मनोरञ्जनको दायराबाट माथि उठेर आज आकर्षक पेशाका साथै राष्ट्रको गौरव, प्रतिष्ठा, शान बढाउने माध्यम बनिरहेको...

Read more

जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली

४ घण्टा अगाडि
1.2k

शनिबार कस्तो रहला देशभरको मौसम?

५ महिना अगाडि
1.2k

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k
Next Post

कोरिया पठाउने भन्दै अवैधानिक तालिम केन्द्र

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In