HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

कोरिया पठाउने भन्दै अवैधानिक तालिम केन्द्र

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in समाचार
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गत वर्ष इलामको फाकफोकथुम र माङसेबुङ गाउँपालिकाले बेमौसमी कामदार भन्दै करिब ५ सय युवाहरूलाई कोरिया पठायो।

छ महिनाका लागि गएका उनीहरू फर्किएका छैनन्। उनीहरू नफर्किएपछि इलामका थप युवाहरू मौसमी कामदारका रूपमा कोरिया जान तयार भए।

अहिले कोरियामा कामदार लैजान सरकारले रोक लगाएको छ। तर इलाममा कामदारको रूपमा पठाउने भन्दै तालिम केन्द्र नै खोलिएको छ। इलाम नगरपालिका वडा नं.७ स्थित ठूलो टुँडिखेल छेउमा एस स्किल ट्रेनिङ सेन्टर तीन महिनादेखि सञ्चालनमा छ। त्यहाँ युवाहरूलाई वेल्डिङ लगायतका सीप सिकाउने गरिएको छ।

जिल्ला प्रशासन कार्यालयले उक्त तालिम केन्द्रलाई गैरकानुनी भएको ठहर गरेको छ। गैरकानुनी भन्दै कार्यालयले गत वैशाख २५ गते प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद भक्तपुर सानोठिमीलाई पत्र पठाएको थियो।

तर दुई महिना बित्दा पनि त्यसको सुनुवाइ नभएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए।

इलामका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ र करदाता सेवा कार्यालय इलामका प्रमुख तथा प्रतिनिधिहरूको टोलीले सुरूमा अनुगमन गरेको थियो।

अनुगमनपछि तालिम केन्द्रका प्रोप्राइटर सुरेन्द्रकुमार राईलाई तालिम सञ्चालनको अनुमति पत्र लगायत सम्बन्धित कागजहरू ७ दिनभित्र पेश गर्न भनिएको थियो।

तर उनले सात दिनभित्र पनि कागजात पेश नगरेपछि प्रमुख जिल्ला अधिकारी पोखरेलले परिषदमा पत्र पठाएको थियो। तर अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन।

‘प्रशासनले अनुगमन गर्यो। छानबिन भयो। प्रचलित ऐन कानुनको विपरीत भए गरेको पाइयो तर त्यसलाई कारबाही गर्ने अधिकार स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीलाई छैन,’ उनले भने, ‘सम्बन्धित निकायमा प्रमाणसहित पठाइएको छ। अहिलेसम्म प्रक्रिया अघि बढेको छैन।’

सुरूमा तालिम लिन ९१ हजार मागेको उक्त केन्द्रले अहिले त्यहाँ सीप सिकिरहेका युवाहरूसँग प्रतिव्यक्ति १६ लाखसम्म माग्न थालेको छ।

‘सुरूमा प्रतिव्यक्ति ९१ हजार एक सय रुपैयाँ उठाएर तालिम गराइएको थियो। पछि २५ हजार थप रुपैयाँ माग्यो,’ तालिममा सहभागी एक जनाले भने, ‘यतिबेला तालिम सेन्टरले १६ लाख माग्न थालेपछि हामी रनभुल्लमा परेका छौं।’

तालिम लिएका केही व्याक्तिहरू १६ लाख तिरेर भए पनि कोरिया जाने मनस्थितिमा छन्। तर १६ लाख रुपैयाँ तिर्दा पनि कोरिया जान पाउने हो/होइन भन्ने यकिन छैन।

उक्त केन्द्रले तालिममा सहभागीहरूलाई चरणचरण गरी काठमाडौं लगेको छ। धेरैले काठमाडौं पुगेपछि कोरिया जान पाइने हो कि भनेर पनि सोचेका थिए।

तर काठमाडौंमा लाग्ने तालिमको समय भनेको भन्दा बढी बितेपछि भने उनीहरूले पनि संचालक राईमाथि शंका गर्न थालेका छन्।

तालिम सेन्टरले कोरिया जान १६ लाख लाग्ने बताएपछि कतिपय युवाले कोरिया जान नसक्ने बताउँदै प्रक्रिया नै सुरू गरेनन्।

‘पाँच-छ लाख रुपैयाँमा कोरिया जान पाइने आश्वासन तालिम सेन्टरले सुरूमा दियो। अहिले १६ लाख मागेपछि तालिम सञ्चालक राई र तालिम सेन्टरमाथि नै शंका उत्पन्न भएको छ,’ तालिम लिएका एक युवाले भने।

धेरैजसो कोरियाको प्रक्रियामा जान नसक्ने भन्दै पहिले तिरेको रकम फिर्ता माग्न थालेका छन्। तर संचालक राई सम्पर्कमा छैनन्।

एक पीडितले भने, ‘उनले प्रयोग गर्ने मोबाइल स्वीच अफ गरिएको छ। संचालक राईको घर इलाम नै भए पनि यतिबेला सम्पर्कविहीन छन्।’

‘स्किल टेस्ट’ का नाममा रकम असुली गर्न थालेपछि तालिम सेन्टर र संचालकले आफूहरूलाई ठगेको हो कि भन्ने आशंका भएको कोरिया जान घरबाट हिँडेका पीडितले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीले अहिले ‘इपिएस’ भाषाबाहेक मौसमी रूपमा जाने कामदारका लागि तीन वर्ष सम्मलाई बन्द गरेको बताए।

उनले कसैले कोरिया लान्छु भन्दै विभिन्न बहानामा रकम माग्ने गरेको भए तत्काल कारबाही गरिने बताए।

Previous Post

बाढी पहिरोले १३ घरपरिवार विस्थापित

Next Post

लुगा धोएपछि वासिङ मेसिनको ढक्कन किन खुला राख्नु पर्छ ?

HoKhabar

HoKhabar

Related Posts

समाचार

शनिबार कस्तो रहला देशभरको मौसम?

by हो खबर
५ महिना अगाडि
0
1.2k

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...

Read more

अस्ट्रेलियामा आतंकवादी आक्रमण, १५ जनाको मृत्यु पुष्टि

६ महिना अगाडि
1.2k
सांकेतिक तस्बिर

दाङमा बस दुर्घटना

६ महिना अगाडि
1.2k

मन्टेश्वरी स्कुलमा आक्रमण, ३३ बालबालिका सहित ५० जनाको मृत्यु

६ महिना अगाडि
1.2k

अब हट्दै दाउन्नेको घण्टौँ लामो जामको सास्ती-यात्रुहरूलाई छिट्टै राहत मिल्ने

६ महिना अगाडि
1.2k
Next Post

लुगा धोएपछि वासिङ मेसिनको ढक्कन किन खुला राख्नु पर्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.