HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

६ कारण, जसले बढाउँछ खराब कोलेस्टोरल

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in स्वास्थ्य
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

कोलेस्टोरल भन्नासाथ मान्छेहरु झस्किन्छन् । तर कोलेस्टोरल हाम्रो शरीरलाई आवश्यक तत्वमध्येमा पर्छ । खासमा कोलेस्टोरल हाम्रो कोषमा पाइने एक प्रकारको बोसो (लिपिड) पदार्थ हो । शरीरको प्रत्येक कोषको बाहिरी तह (सेल मेम्ब्रेन)को बनावटका लागि यो आवश्यक पर्छ । यो राम्रो कोलेस्टोरल हो ।

रगतको नलीहरूमा राम्ररी रक्तप्रवाह गर्न र शरीरका कोषहरूको बनोटमा कोलेस्टोरलको भूमिका र आवश्यकता हुन्छ । तर कोलेस्टोरलको मात्रा रगतमा चाहिनेभन्दा बढी भयो भने रगतको नली, कलेजो, मुटुमा जम्मा हुन्छ । विशेषगरी रगतको नलीमा यो जम्मा हुन्छ र रगतको नली साँघुरिएर रक्तप्रवाह राम्ररी नहुने र त्यसले गर्दा पक्षघात, हृदयघात र मुटु रोगको जोखिम बढ्न सक्छ ।

कोलेस्टोरल मुख्यतया दुई प्रकारका हुन्छन् । शरीरमा राम्रो काम गर्ने ‘एचडीएल कोलेस्टोरल’ र शरीरमा नराम्रो प्रभाव पार्न सक्ने नराम्रो ‘एलडीएल कोलेस्टोरल’ ।

गुड कोलेस्टोरल जसलाई ‘एचडीएल’ भनिन्छ, त्यसले रगतको नलीमा बोसो जम्नबाट बचाउँछ । बढी भएको नराम्रो कोलेस्टोरललाई कलेजो मार्फत शरीरमा निष्क्रिय बनाइदिन्छ । शरीरका कोषहरूको बनोटको लागि गुड कोलेस्टोरल जरुरी हुन्छ ।

यससँगै हाम्रो शरीरमा खराब कोलेस्टोरल पनि हुन्छ, जसलाई एलडीएल अर्थात् लो डेन्सिटीलिपोप्रोटिन भनिन्छ । यो कोलेस्टोरलले कोरोनरी धमनीमा बाधा गर्छ । कोरोनरी धमनीले मुटुको मांसपेशीमा रगत प्रवाह गर्छ । यो यस्तो कोलेस्टोरल हो, जुन मुटुरोग तथा हृदयघातको प्रमुख कारण मानिन्छ ।

शरीरमा जब यो कोलेस्टोरल बढ्दै जान्छ, झट्ट त्यस्तो कुनै संकेत देखिंदैन । सर्वसाधारणले अन्य रोग झैं यसलाई सजिलै पहिचान गर्न सक्दैनन् । त्यसैले कोलेस्टोरल बढ्दै गए पनि मान्छेले यसको नियन्त्रणका उपाय अपनाइरहेका हुँदैनन् ।

त्यसो भए किन बढ्छ त कोलेस्टोरल ?

मोटोपन

मोटोपन भएका मान्छेमा बोसोको मात्रा बढी हुन्छ, जसले खराब कोलेस्टोरल पनि बढाउँछ । यद्यपि मोटोपन भएको सबैमा कोलेस्टोरल नै हुन्छ भन्ने चाहिं छैन ।

वंशाणुगत

वंशाणुगत कारणले पनि मान्छेमा खराब कोलेस्टोरल बढेको हुन सक्छ । यदि परिवारका कुनै सदस्यमा खराब कोलेस्टोरल उच्च छ भने सन्तानमा त्यो समस्या देखिन सक्छ ।

निष्क्रिय दिनचर्या

प्रायः निष्क्रिय बस्ने, शारीरिक काम नगर्ने र व्यायाम नगर्ने मान्छेमा कोलेस्टोरलको जोखिम बढी हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्यामा

उच्च रक्तचाप, मधुमेह, मिर्गौलाको समस्या भएकालाई पनि खराब कोलेस्टोरलको समस्या हुन सक्छ ।

रातो मासु, जंकफुड

कतिपय यस्ता खानपान हुन्छ, जसले कोलेस्टोरलको मात्रा बढाउन सक्छ । जस्तो, रातो मासु, जंकफुड, तारेको खानेकुराले यस्तो समस्या निम्त्याउँछ ।

जाँड, रक्सी र चुरोट

जाँड, रक्सी र चुरोट खानेहरुलाई कोलेस्टोरलको समस्या हुने उच्च भय हुन्छ ।

Previous Post

यी ६ कुराको पूजा गर्नाले हट्छन् जीवनका सबै समस्या हरेक क्षेत्रमा हुनेछ उन्नति !

Next Post

दाङको देउखुरी क्षेत्र डुबानमा

HoKhabar

HoKhabar

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post

दाङको देउखुरी क्षेत्र डुबानमा

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.