HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अध्ययन भन्छ – हरियाली ठाउँमा बस्नेको आयु अढाइ वर्षले बढ्छ

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

तपाईं लामो समयसम्म बाँच्न चाहनुहुन्छ र बुढेसकालको उमेरमा पनि तन्नेरीजस्तै तन्दुरुस्त देखिन चाहनुहुन्छ भने त्यस्तो ठाउँमा बसोबास गर्नुहोस् जहाँ चारैतर्फ हरियाली हुन्छ ।

वैज्ञानिकहरुका अनुसार हराभरा दृश्य केवल आँखालाई मात्र राम्रो लाग्ने होइन, मानिसको उमेरसँग पनि यसको सिधा सम्बन्ध छ ।

एक नयाँ शोध अनुसार हरियाली क्षेत्रमा बसोबास गर्नाले हाम्रो जैविक उमेरलाई क मगर्दछ । जसका कारण मानिसको आयु साढे २ वर्षसम्म बढ्दछ ।

मानिसको आयुलाई कसरी बढाउने ? यस विषयमा वैज्ञानिकहरुले लगातार अनुसन्धान गरिरहेका छन् । कतिपय वैज्ञानिकहरु मानिसलाई अमरता अर्थात् कहिल्यै पनि नमर्ने अवस्थामा समेत पुर्‍याउन सकिने दाबी गर्दछन् ।

मानिसको अमरताको शुत्र त अहिलेसम्म फेला परेको छैन तर लामो आयु प्राप्त गर्ने एउटा सजिलो र निकै सुन्दर तरिका शोधकर्ताहरुले पत्ता लगाएका छन् ।

अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयका शोधकर्ताहरुले गरेको पछिल्लो अध्ययनले हराभरा क्षेत्रमा बस्ने मानिसहरुमा विभिन्न जैविक तथा अणुगत परिवर्तन आउने र त्यसले मानिसको जैविक उमेर घट्ने देखाएको छ । यसबाट क्रोनोलोजिकल अर्थात् वास्तविक उमेर लामो हुन्छ । साइन्स एडभान्सेज पत्रिकामा उक्त शोध प्रकाशित भएको छ ।

कुनै पनि मानिसको खानपान र जीवनशैली कस्तो छ भन्ने कुराले उसको जैविक उमेर तय गर्दछ । सोही मूताविक मानिसको जैविक उमेर कम वा धेरै हुनसक्छ । यदि मानिसको जैविक उमेर उसको समयगत अर्थात् क्रोनोलोजिकल उमेरभन्दा धेरै भयो भने ऊ छिटो बुढो हुन्छ । बुढ्यौलीमा हुने धेरै रोगब्याधीहरुले उसलाई घेर्दछन् र मृत्यु पनि छिटो हुन्छ । यहाँ क्रोनोलोजिकल उमेरको सम्बन्ध वास्तविक आयुसँग हुन्छ ।

विज्ञहरुका अनुसार जैविक उमेर यदि वास्तविक उमेरभन्दा कम भयो भने यस्तो मानिस अन्य समवयी व्यक्तिको तुलनामा लामो उमेरसम्म पनि युवा देखिन्छ । पहिले यस्तो उमेरलाई घटाउनका लागि हरियो खानेकुराहरु खाने र व्यायाम गर्नुपर्छ भनिन्थ्यो । तर हरियोपरियो चिजबिज खाएर मात्र होयन हराभरा ठाउँमा बस्दा पनि मानिसको आयु लम्बिने तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् ।

उक्त शोधका लागि अमेरिकाका ४ वटा सहरलाई छानिएको थियो जसलाई दुई भागमा विभाजन गरिएको थियो । त्यसमध्ये एउटा हराभरा ठाउँमा बस्ने मानिसहरु र दोस्रो कंक्रिटका संरचनाले भरिएका ठाउँमा बस्ने मानिसहरुलाई लिइएको थियो । झण्डै ९ सय मानिसहरुमा २ दशकसम्म सो अध्ययन गरिएकेा थियो । शोधकर्ताहरुले हराभरा ठाउँमा लामो समयसम्म बस्नाले मानिसको स्वास्थ्यमा कस्तो प्रभाव पार्छ भन्ने कुरा जान्न चाहेका थिए ।

शोधकर्ताहरुले ती मानिसहरुको डिएनए जाँच गर्दा एउटा रसायनमा परिवर्तन भएको पाए । उक्त रसायनिक परिवर्तनलाई मिथाइलेसन भनिन्छ । यो प्रक्रिया उसो त डिएनएमा भैरहेको हुन्छ तर उमेर बढ्दै जाँदा यसमा परिवर्तन देखिन्छ । यसलाई एपिजेनेटिक क्लक पनि भनिन्छ । यो घडीले हामी जवानै रहेको वा बुढो भएको भनेर बताइदिन्छ ।

शोधकर्ताका अनुसार जो मानिसहरु हरियालीयुक्त ठाउँमा जतिधेरै बस्छन् उनीहरुमा एपिजेनेटिक घडी उति नै धेरै सुस्त गतिले चल्ने गरेको पाइएको छ । जो मानिसको घरको ५ किलोटिमरको दूरीको वृत्तभित्र ३० प्रतिशत सम्म हरियाली थियो उनीहरु २० प्रतिशत हरियाली भएका मानिसहरुको तुलनामा साढे २ वर्ष कम उमेरका देखिन्थे ।

यो वर्षको सुरुवातमा फिनल्याण्डमा पनि यस्तै खालको अध्ययन गरिएको थियो । फिनिस इन्स्टिच्यूट अफ हेल्थ एण्ड वेलफेयरले गरेको अध्ययनबाट के देखाएको थियो पार्कमा घुमफिर गर्ने मानिसहरुमा उच्च रक्तचाप तथा दम जस्ता रोगहरुमाथिको निर्भरता निकै कम हुन्छ । साथै डिप्रेसनका विरामीहरु समेत दैनिक पार्कमा घुमफिर गर्न गएमा औषधिको डोज ३३ प्रतिशत सम्म घट्ने अध्ययनले देखाएको थियो ।

यसअघि कम तापक्रमलाई समेत लामो आयुसँग जोडिएको थियो । जर्मन युनिभर्सिटी अफ कोलोजनका शोधकर्ताहरुका अनुसार न्यून तापक्रम मानिसको लामो आयुको एउटा कारण हो ।

शोधकर्ताका अनुसार चिसो क्षेत्रमा बस्ने मानिसहरुमा उमेरसँगै देखापर्ने अल्जाइमर्स तथा डिमेन्सिया जस्ता समस्याहरुको जोखिम कम हुन्छ । साथै चिसो क्षेत्रमा बस्ने मानिसहरुको औसत आयु पनि गर्मी क्षेत्रमा बस्ने मानिसको तुलनामा बढी हुने गरेको पाइएको छ ।

Previous Post

गर्भावस्थामा गर्ने यी गल्तीले जन्मिन्छ अशक्त बच्चा,ख्याल गर्नुहोस।

Next Post

आज असार १८ गते सोमवार , कस्तो छ तपाईको दिन ? हेनुहोस् : राशिफल

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

आज असार १८ गते सोमवार , कस्तो छ तपाईको दिन ? हेनुहोस् : राशिफल

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.