HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

गर्भावस्थामा गर्ने यी गल्तीले जन्मिन्छ अशक्त बच्चा,ख्याल गर्नुहोस।

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

गर्भमा हुर्केको बच्चालाई लिएर हरेक दम्पतीको सोच आफ्नो बच्चा स्वस्थ र तन्दुरुस्त जन्मियोस् भन्ने हुन्छ । तर गर्भावस्थामा हुने सानातिना गल्तीले बालबालिकामा अपाङ्गता निम्त्याउँछ ।गर्भावस्थामा महिलाको शरीरमा धेरै परिवर्तन आउँछन् । यसमा हर्मोनल परिवर्तनहरू पनि समावेश हुन्छन् । त्यसैले स्वास्थ्य बच्चा जन्माउन दम्पतीले केही कुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । बच्चा नौ महिना आमाको गर्भमा हुर्कने बुबाको तुलनामा गर्भवती आमाले अलि बढी ध्यान दिनुपर्ने हुन्छ ।

कुनै पनि बच्चा अशक्त तथा अपांग जन्मिनु कुनै एउटा मात्र कारण हुँदैन । कतिपय अवस्थामा कारण पनि पत्ता लगाउन सकिंदैन । अशक्त बच्चा जन्मिनुमा क्रोमोजोमदेखि वातावरणीय कारणले समेत हुन्छ ।बच्चाको विकास हुने भनेको आमाको गर्भमा हो । त्यसैले सबैभन्दा पहिलो स्वास्थ्य अण्डा र स्वास्थ्य शुक्रकीटको समायोजन गर्भमा हुनु जरुरी छ । क्रोमोजोमको कारण बच्चा अपांग हुने कारण भनेको अण्डा तथा शुक्रकीट स्वास्थ्य नहुनु हो ।

सुरुको तीन महिना एकदमै महत्वपूर्ण :

नौ महिनासम्म आमाको गर्भमा नै बच्चाको विकास हुन्छ । सुरुको तीन महिना एकदमै संवेदनशील हुन्छ । यस अवधिममा बच्चाको अंगहरु बन्ने बेला हो । यो बेला पोषणको कमी, चोटपटक, गर्भवतीले धूम्रपान तथा मद्यपान गरेमा, बच्चालाई असर गर्ने खालको कुनै औषधि सेवन गरेमा, प्रदूषित वातावरण, गर्भवती महिलामा शारीरिक र मानसिक रूपमा स्वास्थ्य छैन भने यसले आमा र बच्चा दुवैको स्वास्थ्यमा असर गर्छ ।

बच्चा स्वस्थ जन्मिन गर्भवती महिला स्वस्थ हुनु जरुरी :

जन्मिने बच्चा चाहिं स्वस्थ चाहिने, तर गर्भवती महिलाको स्वास्थ्य भने जस्तो भए पनि हुन्छ भन्ने धारणा अभै पनि समाजमा व्याप्त छ । तर गर्भवती महिला नै स्वस्थ छैनन्, उमेर नै नपुगी गर्भवती भएको छ, गर्भवती महिलाले पोषणयुक्त खाना खान पाएको छैन, उनीहरूले खाने खानेकुरामा रसायन मिसिएको छ भने बच्चा अपांग वा अशक्त जन्मिने खतरा हुन्छ ।

स्वस्थ बच्चाको तौल:

एउटा स्वस्थ बच्चा जन्मिंदा अढाइदेखि तीन किलोसम्मको हुन्छ । बच्चा ४ केजीभन्दा माथि छ भने बच्चाको तौल बढी हो । अढाइ केजी भन्दा कम छ भने बच्चाको तौल कम भएको मानिन्छ । औसत नेपाली बच्चा तीन केजीको जन्मिन्छन् । बच्चा जन्मिंदा ३७ हप्ता पूरा भएको र अढाई केजी हुनुपर्छ ।

स्वस्थ बच्चा जन्माउन दम्पतीले ध्यान दिनुपर्ने कुरा:

स्वस्थ बच्चा जन्माउन आमाको त झन् धेरै महत्वपूर्ण भूमिका हुन्छ । आमालाई पोषणयुक्त खाना खान दिने, खुसी राख्ने र समय–समयमा स्वास्थ्य जाँच गराउन लैजाने गर्नुपर्छ ।स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती महिलाको सबैभन्दा मुख्य भूमिका हुने भएकाले उनीहरूले खानपानमा विशेष ध्यान दिनुपर्छ । शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्छ । कम उमेरमा बच्चा जन्माउँदा पनि अशक्त हुने सम्भावना हुन्छ । त्यसैले २० वर्षपछि मात्र बच्चा जन्माउनुपर्छ । गर्भवती महिलाको धूम्रपान मद्यपान गर्ने बानी छ भने त्यो बानीलाई छोड्नुपर्छ ।

Previous Post

मधुमेह भएकाले कुन-कुन फलफूल खान हुन्छ ?

Next Post

अध्ययन भन्छ – हरियाली ठाउँमा बस्नेको आयु अढाइ वर्षले बढ्छ

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

अध्ययन भन्छ – हरियाली ठाउँमा बस्नेको आयु अढाइ वर्षले बढ्छ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.