अस्ट्रेलिया –सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् ।
घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको पुष्टि गरेको छ । सामूहिक गोलीकाण्डमा ४० जनाभन्दा धेरै मानिस घाइते भएका छन् । साँझ करिब ७ बजेतिर अतिनै लोकप्रिय समुद्रीतटमा २ जना बन्दुकधारीले एक्कासि गोली चलाएका थिए । घटनास्थलबाट प्राप्त भिडियो फुटेजमा उनीहरू क्याम्पबेल परेडको दक्षिणी छेउमा रहेको पैदल पुलबाट गोली चलाइको देखिएको प्रहरीले जनाएको छ । प्रहरीले धेरै मानिसलाई गोली लागेको पुष्टि गरेको छ ।







Discussion about this post