रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मर्चवारी-३ महाराजगन्ज बस्ने ४५ वर्षीया प्रमिला यादव रहेको इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिए ।सोमबार बिहान घरबाट करिब १ सय मिटर पूर्व रहेको आफ्नै खेतमा रोपाइँ गर्न गएको अवस्थामा बिहान साढे ६ बजे यादवलाई चट्याङ लागेको थियो ।
चट्याङ लागेर बेहोस भएकी यादवलाई भैरहवास्थित भीम अस्पतालमा पुर्याइएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक साउदले बताए ।







Discussion about this post