नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आइतबार सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ ।
महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
यसअघि शुक्रबार प्रतितोला १ लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार चाँदी प्रतितोला दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Discussion about this post