HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दोहोरो अंकले बढ्यो सेयर बजार

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in अर्थ
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन बुधबार ७.९४ अंकले घटेको नेप्से परिसूचक आज १९.०४ अंकले बढेर २६८८.५५ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स १.५७ प्रतिशतले बढेर ४५७.९३ विन्दुमा पुगेको छ।

नेप्से  दोहोरो अंकले बढेपनि कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ। बुधबार १० अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार भएकोमा आज ३१४ स्क्रिप्सको २ करोड २३ लाख  ९६ हजार ३२९ कित्ता सेयर ९ अर्ब ८२ करोड २० लाख ७० हजार ६८२ रुपैयाँमा खरिदबिक्री भए।

आज एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। ओम मेघाश्री फर्माक्यु्टिकल्सको सेयर १० प्रतिशतले बढ्यो। यसैगरी एनआईसी एसिया बैंकको सेयर ७.८० प्रतिशतले बढ्दा फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ७.१५ प्रतिशत,ग्लोबल आईएमई बैंकको ६.१२ प्रतिशत र कुमारी बैंकको ६.०६ प्रतिशतले सेयर बढ्यो।

बराही हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ९.९९ प्रतिशतले ओरालो लाग्यो। यसैगरी एमबीएल इक्विटी फण्डको सेयर ५.६७ प्रतिशतले घट्दा  गरिमा डिवेन्चर २०८५ को ४.९० प्रतिशत र एसियन हाइड्रोपावरको सेयर ४.५६ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नगदी ग्रुप पावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ६९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी राधी विद्युतको ६० करोडको सेयर कारोबार हुँदा कुमारी बैंकको ४२ करोड,युनिभर्सल पावरको ४० करोड र  माउन्टेन इनर्जीको ३४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

चार समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्। बैंकिङ समूहको उपसूचक सर्वाधिक ३.८२ प्रतिशतले बढ्दा माइक्रोफाइनान्सको २.५८,म्युचुअल फण्डको ०.०६ र  नन लाइफ इन्स्योरेन्सको ०.०० प्रतिशतले बढ्यो।

आज होटल्स एण्ड टुरिजम समूहको उपसूचक सर्वाधिक २.६० प्रतिशतले घट्यो। कारोबारमा आएकामध्ये १०४ स्टक्सको  मूल्य बढ्दा १४२ वटाको  घट्यो। बाँकी एक स्टकको मूल्य भने स्थिर रह्यो।

Previous Post

श्रीमतीको हत्या गरी शव घरकै पूजाकोठामा गाडेर भागेका श्रीमान् पक्राउ

Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

अर्थ

घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट

by अप्सरा आचार्य
५ महिना अगाडि
0
1.2k

सुनको मूल्यमा आज गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि तोकेको मूल्य अनुसार सुन प्रतितोला २ हजार...

Read more

घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?

५ महिना अगाडि
1.2k

आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

५ महिना अगाडि
1.2k

एकदिन २ हजारले घट्यो सुनको मुल्य ,कतिमा हुँदै छ कारोबार ?

६ महिना अगाडि
1.2k

बढ्यो सेयर बजार – नेप्से २६०१.६१ विन्दुमा

६ महिना अगाडि
1.2k
Next Post

सुपा देउराली माताको दर्शन गर्दै आज शुक्रवार,कस्तो छ तपाईंको राशिफल?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.