भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल विहीबार साँझ पख करिब ३ घण्टा दाउन्ने सडक खण्डको जाममा फस्नुभयो । क्रममा । उहाँ बिहिबार
बुटवलबाट नारायणगल नारायणगढ सडक खण्डको स्थलगत निरीक्षणका लागि आउनुभएको थियो । सोही क्रममा उहाँ ३ घण्टा बढी जाममा फस्नुभएको हो।
ल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार यातायात मन्त्री देवेन्द्र दाहाल २÷३ घण्टा जाममा पर्नुभएको हो। प्रहरी उपरीक्षक ढकालले भन्नुभयो– बाटो धान रोप्ने जस्तो भएको छ । पानी परेपछि गाडी चिल्पेर हैरान छ । त्यसैले वैकल्पिक बाटो प्रयोग गर्न सबैलाई सूचना जारी गरेका छौं । ढकालका अनुसार पानी पर्नासाथ दैनिक १ सय भन्दा बढी सुरक्षाकर्मी दाउन्नेमा परिचालन गर्नु पर्ने अवस्था छ ।
मन्त्री दाहालले बुटवल–नारायणगढ सडकको स्थलगत निरीक्षण गर्नुभएको हो ।
विस्तार क्रममा रहेको उक्त सडक खण्डको निरीक्षण क्रममा दाहाल सहित टोलीले दाउन्ने क्षेत्रमा जारी निर्माण कार्यबारे समेत जानकारी लिनुभएको हो ।
निरीक्षण पछि सडक विस्तारको जिम्मा लिएको चाइना स्टेट कम्पनीसँग छलफलमा बसी सडक विस्तार भन्दा पनि सडक मर्मत गरी तुरुन्त सवारी पास हुने गरी दाउन्ने सडक खण्ड निर्माण गर्न निर्देशन दिनुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बुटवल–नारायणगढ खण्डमा पर्ने दाउन्ने क्षेत्रको जटिल भूधरातलका कारण सवारीसाधन केही समय बन्द गराएर विस्तारको काम भइरहेको छ ।
जसअन्तरगत बैशाख १ गतेबाट बैशाख १५ गतेसम्मका लागि राति ११ बजेदेखि विहान ५ बजेसम्म दैनिक ६ घण्टा सडकमा यातायात आवागमन बन्द गरेर सडक विस्तारको काम गरिएको छ । प्रहरी उपरीक्षक ढकालले भन्नुभयो– मन्त्रीज्यूले निर्माण कम्पनीलाई तत्काल यातायात सहज ढंगले सञ्चालन हुने गरी काम गर्न निर्देशन दिनुभएको छ । अब यातायात सहज होला भन्ने अपेक्षा गरौं ।
मन्त्री दाहालले झरी पर्न सुरु हुन लागेकाले त्यसतर्फ ध्यान दिँदै वर्षायाम अघि नै निर्माण कार्य सकेर सवारी आवागमन सहज बनाउन निर्देशन दिनुभएको छ ।
आयोजना निर्देशक चुडाराज ढकालले उक्त स्थानमा धरातलीय विशिष्टता र जटिलताका कारण कालोपत्र भन्दा ढलान प्रविधि उपयुक्त हुने भन्दै दाउन्ने खण्डमा जतिसक्दो छिटो सडक ढलान गरी सवारी आवागमन सहज बनाउने प्रयास भइरहेको बताउनुयो ।
अहिले दाउन्ने सडक हिलाम्य हुँदा यातायात अवरुद्ध भएको छ । दाउन्ने सडक खण्डमा मोटरसाइकल समेत चल्न नसक्ने गरी बाटो हिलाम्य भएको छ । बिहिबार दिउँसो ३ बजेतिर करिब १ घण्टा परेको पानीले बाटो हिलाम्य भएको हो ।
दाउन्ने क्षेत्रको बाटो हिलो र चिप्लो भएका कारण नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध भएको छ । दाउन्ने पश्चिम खण्डमा साह्रै समस्या नभएपनि पूर्वखण्डको झण्डै ६ किलोमिटर सडक पानी पर्दा पूरै हिलाम्य हुने र घाम लाग्दा धुलाम्य हुने अवस्था रहेको छ ।



Discussion about this post