घर बाहिर थुप्रै बिरुवा राम्रोसँग हुर्कन्छन् तर घर भित्र हरियाली कायम राख्न मुस्किल हुन्छ । किनभने कुनै पनि प्लान्टलाई हरा–भरा राख्नका लागि सूर्यको प्रकाश आवश्यक हुन्छ । यस्तोमा धेरै मानिसको घरभित्र प्लान्ट्स लगाउने इच्छा अधुरो रहन्छ । तर यस्ता केही प्लान्ट्स पनि छन् जुन घामको किरण बिना पनि राम्रोसँग हुर्कन्छन् । यिनीहरूलाई लो लाइट प्लान्ट्सको नामले पनि चिनिन्छ
स्नेक प्लान्ट
हावालाई शुद्ध गर्नका लागि स्नेक प्लान्टलाई उत्कृष्ट प्लान्ट मानिन्छ । यसलाई तपाईं माटो वा पानी दुबैमा लगाउन सक्नुहुन्छ । यद्यपि, यसलाई सधैँ पानी दिइरहनु पर्दैन । यसलाई तपाईंले आफूले चाहेको स्थान, आफ्नो बेडरुम र लिभिङ रुममा राख्न सक्नुहुन्छ
फिलोडेन्ड्रोन प्लान्ट
यो प्लान्ट हावालाई शुद्ध राख्न निकै उपयोगी मानिन्छ । यो फिलोडेन्ड्रोन प्लान्टका थुप्रै प्रकार हुन्छन् । जब यो प्लान्ट बढ्न थाल्छ तब यसलाई सहाराको आवश्यकता पर्छ, त्यसैले तपाईंले गमलामा कुनै लट्ठी राख्न सक्नुहुन्छ ।
चाइनिज एभरग्रीन प्लान्ट
यो प्लान्टलाई एग्लोनेमाको नामले पनि चिनिन्छ । यसलाई सूर्यको किरण खासै चाहिँदैन । यद्यपि, यसमा क्लोरिनयुक्त पानी भने हाल्नुहुँदैन नभए यो सुक्न सक्छ । यो पानीलाई अलि बढी तापक्रम चाहिन्छ । यसलाई घरभित्र पनि लगाउन सकिन्छ ।






Discussion about this post