HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

शिवरात्रिको अवसर पारेर एकसाथ रिलिज हुन लागेका ३ चलचित्र ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरी रेशम फिलिली’ – ,कसले कति पाए शो ?

अप्सरा आचार्य by अप्सरा आचार्य
१ वर्ष अगाडि
in मनोरञ्जन
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भोलि महाशिवरात्रिको अवसर पारेर तीन नेपाली चलचित्र रिलिज हुँदैछन्। ‘लाज शरणम्’, ‘मायावी’ र ‘फेरी रेशम फिलिली’ ३ नेपाली चलचित्र एकसाथ रिलिज हुदैछन्। बुधबारबाट रिलिज हुने तयारीमा रहेका चलचित्रका लागी देशभरका सबै मल्टिप्लेक्सहरुले सोमबार बेलुकीबाट शोज खोलेका छन्। तीनवटै चलचित्रलाई मल्टिप्लेक्समा आकर्षक शोज दिएका छन्।

तीन चलचित्रमा सर्वाधिक शो चलचित्र ‘लाज शरणम्’ ले पाएको छ। यो चलचित्रले देशभरका मल्टिप्लेक्समा १५० सो पाएको छ। कुमार कट्टेल निर्देशित चलचित्रलाई सक्किगोनी टिमले निर्माण गरेको हो। यो चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, मुकुन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ । जेपिटी क्रिएशनको व्यानरमा निर्माण भएको चलचित्रका निर्माता नविन श्रेष्ठ हुन्। कलाकारको बलियो टोलि र सक्किगोनी टीमले निर्माण गरेको यो चलचित्रको अग्रिम बुकिङ्ग पनि राम्रो देखिएको छ। बेलुकीबाट नै केहि शोमा दर्शकको उपस्थिति अग्रिम बुकिङ्ग राम्रो रहेको छ।

निरोज महर्जनको निर्देशनमा तयार भएको चलचित्र ‘फेरी रेशम फिलिली’ चर्चित चलचित्र ‘रेशम फिलिली’ को सिक्वेल हो। यो चलचित्रलाई देशभरका मल्टिप्लेक्सले ११९ शो दिएको छ। चलचित्रमा विनय श्रेष्ठ, सुपुष्पा भट्ट, कामेश्वर चौरासिया, निर शाह, मेक्सम गौडेल, शिशिर वाङ्ग्देल लगायतका कलाकारको अभिनय रहेको छ। रौनक विक्रम कँडेलले चलचित्रको निर्माण गरेका छन्। सिनेमा आर्ट र वि मोसन पिक्चर्स को सहकार्यमा निर्माण भएको चलचित्रको कार्यकारी निर्माता सुरज बम ठकुरी तथा सह-निर्मातामा एनि थापा रहेका छन्।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘मायावी’ ले देशभर ९५ शो पाएको छ। लभ स्टोरी चलचित्रमा पल शाह, दीपिका प्रसाँई, प्रशान्त ताम्राकार, सुशील सिटौला, राजाराम पौडेल, करिश्मा श्रेष्ठ, नव–नायक समीम खान लगायतको अभिनय छ । यो चलचित्रलाई ध्रुव न्यौपाने, चन्द्र पन्त र राज कटुवालले मिलेर निर्माण गरेका छन्।तीन चलचित्र नै फरक जनरा र आ-आफ्नो स्थानमा सफल कलाकारको उपस्थितिले बनेका छन्। यो शिवरात्रीमा दर्शकले आफ्नो स्वाद अनुसारको चलचित्र हेर्न पाउनेछन्।
Previous Post

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च

Next Post

नेप्से परिसूचक ७.१३ अंकले बढ्यो ,९ अर्ब ९० करोडको कारोबार

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

मनोरञ्जन

अनमोल केसीको फिल्म ‘जेरी अन टप’ आजदेखि देशब्यापी प्रदर्शनमा- ओपनिङ सुखद

by अप्सरा आचार्य
८ महिना अगाडि
0
1.2k

फिल्म 'जेरी अन टप' शुक्रबारदेखि देशब्यापी प्रदर्शनमा आएको छ र प्रारम्भिक ओपनिङ सुखद देखिएको छ। फिल्मले सुखद ओपनिङ गर्ने संकेत...

Read more

रातको १० बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने

८ महिना अगाडि
1.2k

पल शाहको फिल्म ‘मोहर हेर्दा ‘सुनको मोहर’ जित्ने अवसर

९ महिना अगाडि
1.2k

मिस नेपाल २०२५ को उपाधि लुना लुइँटेललाई

९ महिना अगाडि
1.2k

अन्ततः आयो विष्णु माझीको तीज गीत ‘म त नराउरी…’ (भिडिओसहित)

१० महिना अगाडि
1.2k
Next Post

नेप्से परिसूचक ७.१३ अंकले बढ्यो ,९ अर्ब ९० करोडको कारोबार

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.