नेकपा एमाले सांसद टोपबहादुर रायमाझीको सांसद पद गुमेको छ । नक्कली भुटानी यमशरणनार्थी काण्डमा मुछिएका रायमाझीलाई पूर्पक्ष थुनामा पठाएसंगै उनको सांसद पद गुमेको हो ।
प्रतिनिधी सभा निमावलीको नियम १४८ को उप नियम ३ ले फजौदारी अभियोगमा पक्राउ परेका सांसद पूर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ ।
निमावलीमा भनिएको छ “प्रचलित कानून बमोजिम ३ वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिए फजौदारी मुद्दामा अभियोग पत्र दायर भइ निज पूर्पक्षको लागि थुनामा रहे त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पूर्पक्षको लागि थुनामा बस्नु पर्नेमा त्यस्तो थुनामा नबसि फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै पनि कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन । त्यस्तो अवधिभर निज निलम्बन रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुने छ ।”
रायमाझी गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधी सभा निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए ।






Discussion about this post