बूढानीलकण्ठ नगरपालिका-४ मा सोमबार दिउँसो चोरी भएको छ । पासिकोट आर्थर मार्गमा डेरा गरी बस्ने तनहुँ भानु नगरपालिका-७ घर भएकी ४८ वर्षीया पम्फा रोक्काको कोठामा चोरी भएको हो ।प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, सुन तथा चाँदीका विभिन्न गरगहना, पुराना तामाका सिक्काहरू समेत गरी करिब ५ लाख ९८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेर गर्ने अधिकार सरकारसँग सुनिश्चित रहेको बताउनुभएको छ । बुधवार सिंहदरबारमा बसेको सार्वजनिक लेखा...
Read more







Discussion about this post