वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२० भिमसेनस्थान बस्ने निराजन मानन्धर र पाल्पा पूर्वखोला गाउँपालिका–५ बिरकोट घर भई काठमाडौं–२६ नयाँ बसपार्क बस्ने चन्द्रप्रकाश झेडी रहेका छन् ।प्रहरीका अनुसार पक्राउ परेका मध्ये निराजनले इजरायल पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ र चन्द्र प्रकाशले बोस्निया पठाइदिन्छु भन्दै पीडितबाट २ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
शनिबार कस्तो रहला देशभरको मौसम?
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक...
Read more






Discussion about this post