• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T09:28:45+05:45302820266 2026-06-04T09:28:45+05:45000000Thu, 04 Jun 2026 09:28:45 +0545Thu, 04 Jun 2026 09:28:45 +0545Asia/Kathmandu630_302806Asia/Kathmandu( $3026pAsia/Kathmandu, $90630 = 0 ) { // Thu20266'30 00000045Asia/Kathmandu 620266-9Jun+0545 302806Asia/Kathmandu4530am06p, 0000006ThursdayAsia/Kathmandu4545 262026000000 k620264 3009Asia/Kathmandu 0428ffAsia/KathmanduThu, 04 Jun 2026 09:28:45 +0545Asia/Kathmandu62026-06-04T09:28:45+05:45Asia/Kathmandu am604 Thu, 04 Jun 2026 09:28:45 +0545Asia/KathmanduamThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 28f ( '302806Asia/Kathmandu4530am06p' === $3026pAsia/Kathmandu || '1780544625' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 09:28:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:45 +05456 $90630 ? 302806Asia/Kathmandu() : 302806Asia/Kathmandu() + (28630) ( 9Asia/Kathmandu30_2026p302820266( '90630_2026ff45Asia/Kathmandu30' ) * 09+05451780544625R_04_thEC+05454Thuth ); } 28f ( '062645qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 09:28:45'; } $302806Asia/Kathmandu15420266Asia/Kathmandu = $90630 ? 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780544625+0545C' ) : 4p_302806Asia/Kathmandu15420266Asia/Kathmandu(); $04am30Asia/Kathmandu302806Asia/Kathmandu = 6Asia/Kathmandu4 Thuam30Asia/Kathmandu+05452806Asia/Kathmandu( '620264', $302806Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 09:28:45 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 09:28:45 +05456 $04am30Asia/Kathmandu302806Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 09:28:45 +054506am30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

उमेर छदै किन खुइलिन्छ पुरुषको मात्रै तालु ?

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

हाम्रो शरीरको हत्केला, पैतालालगायत केही निश्चित अंगबाहेक अन्य सबै अंगको छालाको भित्री सतहको धेरै ठाउँमा कतै अत्यधिक बाक्ला र कतै पातला फोलिकल भन्ने एक प्रकारका नलीहरू हुन्छ । फोलिकलको जरामा पछि रौँको रुपमा विकसित हुने थुप्रै कोष हुन्छन् । फोलिकलको वरिपरि मसिना रक्तनलीहरू पनि हुन्छन् । रगतबाट आवश्यक पौष्टिकतत्व पाएपछि फोलिकल कोषहरू वृद्धि हुन्छन् । जब फोलिकलको भित्री भाग नयाँ कोषहरूले भरिन्छ, पुराना कोषहरू बाहिर धकेलिन्छन् । त्यसरी धकेलिएर बाहिर निस्कनु भनेको नै रौँ उम्रिनु हो ।
शरीरको विभिन्न भागको छालाको बनोटअनुसार रौँ उम्रिने संयन्त्र, रौँको प्रकार, बाक्लोपन र बढ्ने तरिका पनि विविध कारणले गर्दा फरक–फरक हुन्छ ।
हुन त छालाभित्रको भागसँग छुट्टिएको हुँदैन, तर छाला बाहिर हामीले देख्ने रौँको भागचाहिँ वास्तवमा केराटिन नामक एक प्रकारको प्रोटिनको मरेको कोषको धर्सा हो ।
यो प्रक्रियालाई पाप्रा उप्किने रूखसँग तुलना गर्दा हुन्छ । यस्ता रूखको भित्र नयाँ बोक्राको विकास हुन्छ, त्योभन्दा बाहिरको बोक्रा मर्छ, पाप्रा बन्छ र अन्तमा रुखबाट खस्छ । लसुन प्याजको पात सुके पनि डल्लोबाट छुट्टिएको हुँदैन नि ! रौंलाई त्यस्तै भन्दा पनि हुन्छ ।
शरीरको अन्य भागको रौँ अलि कम दरमा बढ्छ । तर, कपालको रौँ काटे पनि, नकाटे पनि, औसतमा वर्षमा १५ सेन्टिमिटर जति बढ्छ ।
नकाट्दा भन्दा काट्दा बढी बढेजस्तो भान भए पनि नकाट्दा पनि उत्तिकै दरमा बढेको हुन्छ, तर नजानिँदो गरी खिइएर स–साना कणमा झर्ने भएकाले कम बढेजस्तो लाग्ने हो ।
केही अपवादबाहेक एउटा औसत वयस्क मान्छेको शरीरमा एक लाखदेखि एक लाख ५० हजार जति रौँ हुन्छन्, र हरेक दिन करिब सयवटा जति रौँ झर्छन् ।
हरेक फोलिकल कोषको जीवनचक्र हुन्छ, तर फरक–फरक समयको हुन्छ । कसैको छोटो हुन्छ भने कसैको लामो । हरेकको जीवनचक्रलाई वंशाणुगत गुण, भिटामिन तथा प्रोटिनलगायत अन्य पौष्टिक तत्व, व्यक्तिमा हुने रोग, मानसिक तनाव आदिले फरक–फरक किसिमले प्रभाव पारिरहेका हुन्छन् ।
कपाल बढ्ने एन्लाजेन, क्याटजेन, टेलोजेन नामक तीन अवस्था हुन्छन् । प्रत्येक रौं यी तीन अवस्थाबाट गुज्रिन्छ । तर, गतिचाहिँ फरक–फरक हुन्छ । भन्नुको मतलब यदि कुनै एउटा रौँ एन्लाजेन अवस्थामा छ भने अर्को रौँ क्याटजेन अथवा टेलोजेन अवस्थामा पनि हुन सक्छ ।
यी तीन अवस्था पूरा भएपछि कुनै पनि रौँका कोषहरू मर्छन् । र, त्यो ठाउँमा नयाँ कोषहरू जन्मिन्छन् । कुनै कारणवश अवरोध भएन भने यो चक्र चलिरहन्छ । तर, बुढौली लागेपछि भने यो चक्र धेरै नै सुस्त हुन्छ ।
एन्लाजेन अवस्था करिब दुईदेखि ६ वर्षसम्मको हुन्छ । यो अवस्थामा रौँ बन्ने कोषहरू एकदम विकसित हुन्छन् । हुन त यो वंशाणुगत कुरामा पनि भर पर्छ, तथापि यो अवस्था लामो हुनेहरूको कपाल एकदम बढ्छ र लामो हुन्छ भने छोटो हुनेको त्यति नबढ्ने भएकाले छोटो हुन्छ । एन्लाजेन पछिको क्याटजेन अवस्था करिब दुई हप्ताको हुन्छ र यस अवस्थामा पुराना कोषहरू मार्दै गरेका हुन्छन्, बाहिर धकेलिने प्रक्रिया बिस्तारै सुरु हुँदै गइरहेको हुन्छ र रौँ त्यति बढ्दैन । त्यसपछिको टेलोजेन अवस्थामा रौँ जराबाट छुटिन्छ र झर्छ ।
क्षणिक रुपमा कपाल झर्ने धेरैजसो कारण महिला तथा पुरुष दुवैमा उस्तै हुन्छन् । तर, दीर्घकालीन कारणहरू प्रायः फरक किसिमका हुन्छन् ।
मानसिक तनाव, ठूलो आघात, ठूलो अप्रेसन, कुनै रोग, क्यान्सर उपचारको मुख्यतः किमोथेरापी, औषधिको प्रभाव आदि साझा कारण हुन् । यस्ता अवस्थाले रौँ बढ्ने चक्रमा आघात पुर्याउँछन्, र रौँ चक्र पूरा नहुँदै छुटिन्छ, मर्छ र झर्छ । bald
अहिले बजारमा उपलब्ध अक्साइड तथा ब्लिचजस्ता छालालाई अत्यधिक हानि गर्ने कपाल रंगाउने रंगीविरंगी वस्तु प्रयोग गर्नेहरूको पनि भविष्यमा रौँ झर्छ झर्छ । मेहन्दी र मेहन्दीजस्तै प्राकृतिक वस्तुहरूले रौँ झर्न रोक्दैनन् र रौँ उमार्दैनन् पनि । तर, छाला बाहिरको रौँलाई चम्किलो र चिल्लो भने बनाउँछन् । खस्रोभन्दा चिल्लो वस्तु कम टुक्रिने भएकाले रौँ पनि टुक्रिन कम हुने सम्भावना भएको कुरा हालैको परीक्षणले देखाएको छ । जाडो याममा मेहन्दी टाउकोमा धेरैबेर राख्दा त्यसको असरले चिसो लाग्ने धेरै सम्भावना हुन्छ ।
शरीरमा भिटामिन ‘ए’ धेरै भए पनि र फलाम, भिटामिन ‘बी’ तथा आवश्यक प्रोटिनको अभाव भए पनि रौँ झर्छ । बच्चा जन्माउँदाको सकसले गर्दा सुत्केरी अवस्थामा महिलाको कपाल बढी झर्छ । तर, यस्ता कारणमा सुधार आएपछि रौँ पुनः पलाउन थाल्छ । बुढौलीमा महिला तथा पुरुष दुवैको कपाल झरेर पातलो हुनु स्वाभाविक प्रक्रिया हो ।
हाम्रो टाउकाको छालामा पाँच सतह हुन्छन् । माथिल्लो सतह जसलाई स्काल्प भनिन्छ, त्यसमा अन्य भागको छालामा भन्दा एकदम धेरै हेयर फोलिकल र सबेइसस नामक ग्रन्थी हुन्छन् । त्यही कारणले गर्दा नै कपालको रौँ अन्य भागको भन्दा एकदम बाक्लो गरी उम्रिन्छ ।
हुन त वातावरणीय प्रभावले पनि कपाल झर्छ, तर पुरुषको उमेर घर्किंदै जाँदा, अझ कसैकसैको त लक्का जवानीमै, दुवै कञ्चटबाट कपाल खुइलिँदै माथि गएर अंग्रेजी अक्षरको ‘एम’ जस्तै बन्दै जानु, तथा तालु चिप्लिएर ‘यु’ जस्तै बन्दै जानु, वा घोडाको टापजस्तै बन्दै जानुको मुख्य दुई कारण हुन्छन् । एक, वंशानुगत कारण । र, पुरुषत्व अथवा पुरुषमा हुने टेस्टोस्टरोन हर्मोनको शक्तिशाली तर विकृत रुप डिहाइड्रो–टेस्टोस्टरोन, डिएचटीको प्रभावका कारण ।
डिहाइड्रो–टेस्टोस्टरोन भनेको पुरुष इन्द्रियलाई सक्रिय बनाउन, शुक्रकीट उत्पादन गर्न, तथा दारीजुंगा निकाल्न सकारात्मक र सक्रिय भूमिका खेल्ने हर्मोन हो । तर, दुर्भाग्यको कुरा यो हर्मोन नै पुरुषको कपालको रौँ झार्ने कारकतत्व बन्दो रहेछ ।
यसले टाउकाको स्काल्प भनिने छालामा हुने फोलिकल्सलाई खुम्च्याइदिन्छ, र बिस्तारै कपालका कोष बन्नै छाड्दछन् । हाम्रो शरीर विभिन्न हर्मोनको संयोगले चल्छ । तर, कतिपय यस्ता अवस्था हुन्छन्, जहाँ एउटा हर्मोनले अर्कोलाई नकारात्मक असर पनि पुर्याउँछ ।
१८–३० को उमेरमा महिलाको शरीरमा पनि करिब केही मात्रामा टेस्टोस्टरोन हर्मोन हुन्छ । तर, त्यसपछि बिस्तारै घटेर एकदम कम हुँदै जान्छ । त्यसैले पुरुषको जस्तोगरी कपाल खुइँलिदैन ।
खुइलो टाउको हुने सात पुरुषमध्ये चारजना वंशानुगत कारणले तालुखुइले हुन्छन् । अनि, ६० वर्ष पुग्दानपुग्दै ७० प्रतिशत पुरुष तालुखुइले बन्छन् ।
उपचार
टाउकाको खुइलिएको ठाउँमा आफ्नै नखुइलिएको ठाउँको स्काल्पसहितको छाला ल्याएर अप्रेसन गरी टाँसेर केही समयका लागि रौँ पलाउने बनाउन त सकिन्छ । तर, त्यो प्रक्रिया एकदम पीडादायी र धेरै खर्चिलो हुन्छ ।
कति पीडादायी हुन्छ भन्ने बुझ्न चाहनेले बेलायतका फुटबल स्टार रुनीको जीवन कथा पढ्नुपर्छ । यसरी रोपे पनि कपाल दिगो रहन्न केही समयपछि बिस्तारै झरेरै छाड्छ ।
तर, यदि उमेरमै टाउको खुइलिनुका वंशानुगत तथा पुरुषत्व बाहेकका कारण छन भने, मिनअक्साइडल तथा रि–अप जस्ता दल्ने झोल औषधिले नयाँ रौँ नउमारे पनि लगाउन्जेल झर्ने क्रममा व्यक्तिअनुसार सुधार आउन सक्छ ।
अल्पकालीन कारण बाहेकको अवस्थामा एकपटक टाउको खुइलिएपछि, जे खाए पनि, जे घोँचे पनि, जे दले पनि कहिल्यै र कदापि तालु भरिँदैन । मरेको प्राणी बिउँझिन्छ र ?
कथंकदाचित भविष्यमा खुइलिएको टाउकोमा झ्यापझ्याप्ती रौँ आउने औषधि पत्ता लाग्यो भने वा प्रविधि बन्यो भने, त्यसको व्यापारले माइक्रोसफ्टले भन्दा पनि ठूलो बजार पिट्ने छ ।
तालु छोप्नका लागि केही लाखसम्म राजीखुसी तथा हाँसीखुसी लगानी गर्न त यो पंक्तिकार नै तम्तयार भएर खुट्टा उचालेर बसेको छ ।

Previous Post

वास्तु शास्त्रअनुसार घरमा फुटेका,चर्केका सामान र भाडा राख्दा कुन कुन दोष उत्पन्न हुन्छ? जानिराखौं

Next Post

काँचो मेवा गर्भवती महिलाको लागी बिष ,के के गर्छ हानी ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

रोचक

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

by अप्सरा आचार्य
९ महिना अगाडि
0
1.2k

पर्व सुधार गर्ने अभियानमा जुटेका गोरखाको सिरानचोक गाउँपालिका–४, ५ छोप्राक र ६ गाँखुका स्थानीय बासिन्दाले विहिबार टीका, जमरा लगाएर विजयादशमी...

Read more

वास्तुशास्त्र अनुसार यी सामानहरु अरुसँग मागेर प्रयोग गर्दा -अशुभ मानिन्छ

१ वर्ष अगाडि
1.2k

जुत्ता लुकाएको विषयमा विवाद हुँदा बेहुली नै छाडेर फर्किए जन्ती

१ वर्ष अगाडि
1.2k

के घरमा मनीप्लान्ट रोप्दा साँच्चिकै धन लाभ हुन्छ ? जानिराखौं

१ वर्ष अगाडि
1.2k

श्रीमानले आफुलाई भन्दा घरको बिरालोलाई बढी माया र हेरचाह गरेको भन्दै श्रीमती द्वरा मुद्दा

१ वर्ष अगाडि
1.2k
Next Post

काँचो मेवा गर्भवती महिलाको लागी बिष ,के के गर्छ हानी ?

Discussion about this post

भर्खरै

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ४ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ४ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In