• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-13T13:54:21+05:45305420266 2026-06-13T13:54:21+05:45000000Sat, 13 Jun 2026 13:54:21 +0545Sat, 13 Jun 2026 13:54:21 +0545Asia/Kathmandu630_305406Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Sat20266'30 00000021Asia/Kathmandu 620266-13Jun+0545 305406Asia/Kathmandu2130pm06p, 0000006SaturdayAsia/Kathmandu2121 262026000000 k620266 3001Asia/Kathmandu 1354ffAsia/KathmanduSat, 13 Jun 2026 13:54:21 +0545Asia/Kathmandu62026-06-13T13:54:21+05:45Asia/Kathmandu pm613 Sat, 13 Jun 2026 13:54:21 +0545Asia/KathmandupmSaturdaySaturday26 6Asia/KathmanduAsia/Kathmandu13 302026. 54f ( '305406Asia/Kathmandu2130pm06p' === $3026pAsia/Kathmandu || '1781338161' === $3026pAsia/Kathmandu ) { Sat, 13 Jun 2026 13:54:21 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:54:21 +05456 $10630 ? 305406Asia/Kathmandu() : 305406Asia/Kathmandu() + (54630) ( 1Asia/Kathmandu30_2026p305420266( '10630_2026ff21Asia/Kathmandu30' ) * 13+05451781338161R_06_thEC+05456Satth ); } 54f ( '062621qSaturday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-13 13:54:21'; } $305406Asia/Kathmandu16320266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455406Asia/Kathmandu2070020266Asia/Kathmandu( '1781338161+0545C' ) : 6p_305406Asia/Kathmandu16320266Asia/Kathmandu(); $13pm30Asia/Kathmandu305406Asia/Kathmandu = 6Asia/Kathmandu6 Satpm30Asia/Kathmandu+05455406Asia/Kathmandu( '620266', $305406Asia/Kathmandu16320266Asia/Kathmandu ); Sat, 13 Jun 2026 13:54:21 +0545Asia/Kathmandu30000000Sat, 13 Jun 2026 13:54:21 +05456 $13pm30Asia/Kathmandu305406Asia/Kathmandu->f2026Sat, 13 Jun 2026 13:54:21 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabarnews - Is Best online Nepali news portal
No Result
View All Result

मुखमा कालो पोतोको समस्या छ ? यसरि हटाउनुहोस्

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

सुन्दर छालाको रहर कसलाई पो नहोला रु अझ महिलालाई त आफ्नो अनुहार र शरीरलाई आकर्षक र सुन्दर राख्न बजारमा अनेकथरीका सौन्दर्य प्रसाधन त्यही रहर पूर्तिको उत्तम विकल्प हुँदै आएको देखिन्छ ।

तर रहर गर्दैमा र कृत्रिम उपायले मात्रै हुने भए सबैका अनुहारमा चमक हुने थियो । कतिपयलाई अनुहारमा कालो पोतो आएर ठूलो तनाव दिने गर्छ । विशेष गरी महिलालाई नै आउने कालो पोतोले उनीहरूको आत्मविश्वासलाई समेत प्रभावित गरिरहेको हुन्छ । कालो पोतोका कारण अनुहारमा खैरो वा कालो दाग बस्ने गर्छ ।कालोपोतो दुवै गालाबाट सुरु भएर बटरफ्लाईको आकारमा वृद्धि हुँदै जान्छ । कहिलेकाहीं यो नाक र आँखाको माथिल्लो भागमा समेत हुन्छ । आँखा वरिपरि वा अनुहारमा कालो पोतो आउँदा सौन्दर्यलाई प्रत्यक्ष प्रभाव पार्छ ।

अनुहारको कालो पोतोका कारण पेटको गडबडी, हर्मोनको असन्तुलन, औलो, कलेजो वा अन्य कुनै शारीरिक रोगव्याधी समेत हुन सक्ने डाक्टरको भनाइ छ । यदि सामान्य रूपले कालो पोतोको समस्या देखिएको हो भने यसलाई आफैले घरेलु उपचारको माध्यमले समेत निको पार्न सकिन्छ ।

पाखाबारीमै पाइने वा रोपिएका घ्यूकुमारीको पातभित्र हुने गुदीलाई कालो पोतो, चाया देखिएको भागमा लगाउँदा लाभदायक हुन्छ । घ्यूकुमारीको उपयोग छाला रोगका लागि अत्यन्त प्रभावकारी मानिन्छ । यति मात्र नभएर शंखभष्मलाई दूधको तरमा मिसाएर अनुहारमा लेप लगाउनाले समेत फाइदा पुग्ने हुन्छ ।

बेसार, चुत्रोको बोक्रा घोटेर लगाउनाले समेत सामान्य कालो पोतो हटाउन मद्दत गर्छ । कसै कसैलाई भने डन्डिफोरसँगै कालो पोतो देखिने समस्या समेत रहने गरेको छ । यस्तो स्थितिमा भने मुलाको बीउ घोटेर लगाउनु राम्रो हुन्छ भने सिमलको काँडा घोटेर लगाउँदा पनि डन्डिफोरसँगै कालो पोतोको समस्याबाट मुक्ति पाउन सकिन्छ ।

रक्तअल्पता, हर्मोनको असन्तुलन, गालाबाट बढी पसिना आउनु, गर्भावस्था, अन्य औषधिको साइड इफेक्ट, प्रदूषण आदिका कारणले पनि कालो पोतो हुन सक्छ ।महिलालाई इन्ड्रोक्राइनल डिजअर्डर, हाइपोथाइराइडिज्म आदिले समेत कालो पोतोको समस्या देखिन सक्छ।

कुनै खास कारण नभएर देखिने कालो पोतोमा भने घरेलु उपचार पर्याप्त हुने डाक्टरहरु बताउँछन् । घरमै मुसुरो दालको पिठो एक चम्चा, काँक्रो ९खिरा० को लेदो, घ्यूकुमारी ९एलोबेरा० को रसमा बेसार, रक्तचन्दन, श्वेतचन्दनको धुलो हालेपछि बन्ने सम्मिश्रणमा जायफलको धुलो, केही मात्रामा कपुर, कुमकुम समेत मिलाएर बनाइएको पेस्टबाट उपचार गर्न सकिन्छ ।

यो पेस्ट दिनहुँ बनाएर अनुहारमा लगाउनुपर्छ। एक पटक पेस्ट लगाएपछि एकरदुई घन्टापछि मात्रै मन तातो पानीले मुख धुनुपर्छ । लेप सुख्खा नभएसम्म धुनु हुँदैन । यसपछि भने अनुहारमा कुमकुमादि तेल लगाउनुपर्ने हुन्छ । यो उपचार न्यूनतम एकदेखि डेढ महिना गरेपछि निको हुन्छ।

कालो पोतो उपचारका लागि आयुर्वेद विज्ञानमा विभिन्न उपायको वर्णन गरिएको छ। बेसार, मन्जिष्ठा, सेतो चन्दन, खदिर, देवदारु, दारु हरिद्रा सबैलाई बराबर मात्रामा लिई चूर्ण बनाएर कागतीको रस, दही वा गुलाबजलसँग मिसाएर पेस्ट बनाएपछि अनुहारमा लगाउनाले फाइदा पुग्छ ।

यो पेस्ट अनुहारमा लगाएको एक घन्टापछि धुनुपर्छ भने यो उपचार प्रक्रिया एकरडेढ महिनासम्म नियमित जारी राख्नुपर्ने हुन्छ । उपचार प्रक्रिया गरिरहेका बेला अनुहारमा चिल्लो पदार्थको कम उपयोग गर्नुपर्छ। कालो पोतो आएको अनुहारको भागमा लेप लगाउनुबाहेक कुटकी, मन्जिष्ठा, गुरुजो, चिराइतो, खदिर, दारु हरिद्रालाई बराबर मात्रामा मिलाएर चूर्ण बनाई एकरएक चम्चा बिहान९बेलुका खानाअघि मन तातो पानीसँग खाँदा समेत रगत शुद्ध भएर कालो पोतो निको हुन्छ ।

भित्रबाट स्वस्थ मान्छे जसको पेट सफा छ, पाचनप्रणाली ठीक छ भने उसको अनुहारमा सामान्य र प्राकृतिक रूपले चमक देखिन्छ । यसले अनुहारको कालो पोतो, डन्डिफोर, एक्ने जस्ता समस्या पनि निर्मूल हुन्छ। पेटको व्यायाम, प्राणयाम, कपालभाती, अनुलोमविलोम गर्नाले सन्चो हुनुको साथै यसबाट अनुहारको चमक समेत बढ्छ।

Previous Post

दैनिक जिराको पानी पिउनाले स्वास्थ्यमा हुन्छ ,धेरै फाइदा

Next Post

पायल्सको रोगलेले सताईरहेको छ ?अपनाउनुस् यस्ता घरेलु विधि

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

१२ महिना अगाडि
1.2k
Next Post

पायल्सको रोगलेले सताईरहेको छ ?अपनाउनुस् यस्ता घरेलु विधि

Discussion about this post

भर्खरै

  • करको दर हेरफेर गर्ने अधिकार सरकारसँग सुरक्षित छः अर्थमन्त्री डा. वाग्ले
  • अब पोखराबाटै दैनिकरुपमा दुबईमा हवाई उडान, फ्लाई दुबईले पायो अनुमति
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३७८२६७/८२/८३

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

शनि, जेष्ठ ३०, २०८३
Sat, June 13, 2026

© 2025 - Ho Khabarnews. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabarnews. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In