HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

२०८० साल शुभ-अशुभ कस्तो ? हेर्नुहोस वार्षिक भविष्यफल !

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in गृहपृष्ठ, रोचक
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

स वर्ष साठी संवत्सरमध्ये बार्हस्पत्यमानले नलनामको संवत्सरको समाप्तिसँगै पिङ्गल नामको संवत्सर प्रारम्भ भएको छ । मेषसंक्रान्तिबाट भुक्तमासादि ०/२१/८/२४ र भोग्यमासादि ११/८/५१/३६ रहेको छ । यसपछि सौरमानले कालयुक्तनामक संवत्सरको आगमन हुनेछ । संवत्सर फल निम्नअनुसार रहेको छ ।

यस वर्ष स्थानअनुसार कतै अतिवृष्टि, कतै अनावृष्टि त कतै सलह, मूसा एवं सुगाको आतङ्कका कारण मध्यम रूपमा उत्पादन हुने अन्नादिको मूल्यवृद्धि हुनेछ । करप्रणाली र राज्यमा हुने परचक्रीको प्रभावका कारण जनता भयभीत हुनेछन्।

शक्तिशाली राज्यले अरू राज्यमा प्रभाव बढाउनेछन् । कालयुक्तसंवत्सरको प्रभाव वृद्धिसँगै संसारमा रोगवृद्धिका साथै अनाजवृद्धिसमेत हुनेछ ।गुरुको उदयास्त विचार गर्दा आश्विन वर्ष परेकाले ग्रीष्मकालीन धानहरूको उत्पादन मध्यमरूपमा भएपनि शारदीय धानहरूको उत्पादन पूर्णरूपमा हुने हुनाले लोक सुखी हुनेछ ।

राजा बुधका कारण अधिक वृष्टिका साथै घरघरमा हुने माङ्गलिक कार्यहरूको आयोजनाले जनता खुशी नै देखिनेछन् ।मन्त्री शुक्रका कारण पनि सलह, मूसा एवं सुगाको आतङ्क सिर्जना हुनाले अन्नको मूल्यवृद्धि भई जनता दुःखी हुनेछन् ।

सस्येश पदमा आसीन चन्द्रका कारण अनुकूल वृष्टि एवं दुग्ध उत्पादनमा वृद्धि हुनेछ । धान्येश शनिका कारण दुर्भिक्ष र देशमा कलहको स्थिति सिर्जना हुनेछ । मेधेश गुरुका कारण यथेष्ट वृष्टि हुनाले पृथ्वीमा आनन्दानुभूति हुनेछ भने शासकहरूमा समेत धार्मिक भावनाको उदय हुनेछ ।

रसेश बुधका कारण उत्पादनमा वृद्धि तथा देश र जनतामा सुखको सञ्चार हुनेछ। मोती, चाँदी, वस्त्रलगायत सेतो वर्णका वस्तुहरूको विशेष मूल्यवृद्धि हुनुको कारक निरसेश चन्द्र रहनेछ । फलेश गुरु भएकाले फलफूलको उत्पादनमा ह्रास आउनेछैन। यज्ञयागादिको आयोजनाले धार्मिक जनतामा केही सन्तोष बढ्नेछ।

धनेश सूर्यका कारण व्यापारीवर्ग खुशी रहनेछन्। हात्ती, घोडा, भेडा, गधा, ऊँट तथा यानवाहनको बेचविखनबाट विशेष लाभ मिल्नेछ। दुर्गेश गुरुका कारण न्यायपूर्वक सुरक्षा संयन्त्र परिचालन हुनाले गाउँशहर सबैतिर समान सुरक्षा सुखको अनुभूति हुनेछ ।

जगल्लग्नकुण्डलीमा लग्नेश तथा दशमेश बुध अष्टम स्थानमा रहेको छ। चाहेर पनि शासकवर्ग आफ्नो योजना कार्यान्वयन गराउन सफल हुनेछैन, अरुको लगामले नियन्त्रण गर्नेछ । सूर्य आर्द्राप्रवेश विचार गर्दा फलका हिसाबले तिथि र योगको उत्तम संयोग परे पनि वार र नक्षत्र उपयुक्त छैनन् ।

तसर्थ शुभाशुभ फलको सम्मिश्रण रहने छ । ग्रहपरिषद्मा अवस्थित ग्रहस्थितिलाई विचार गरी अघि बढ्दै राष्ट्रको विकास र जनतामा सन्तोष अभिवृद्धि गराउने ध्येय भएमा शासकवर्ग सफल हुनेछ ।

Previous Post

मानिसको जीवनमा महत्वपपूर्ण हुनेछन् यी ४ चीज, यसो गर्ने रहन्छ माता लक्ष्मीको सदैव कृपा !

Next Post

कसरि जन्माइन्छ टेस्टट्युब बेबी ? कति खर्च लाग्छ ?

HoKhabar

HoKhabar

Related Posts

गृहपृष्ठ

एक मात्र छोराको जेनजी आन्दोलनमा ज्या’न गुमाएका आमाबुबा भन्छन् : ‘ छोराको चिया खाइदिनुहोस् है ! उसको आत्माले शान्ति पाउँछ’

by अप्सरा आचार्य
६ महिना अगाडि
0
1.2k

मङ्सिर १० गते ।  उसको जन्म दिन हो” बिहानको कठ्याङ्ग्रिदो चिसोमा वसन्तुपरको डबली वरिपरि पुरुषोत्तम र रचना खवितडा खत्रीले थर्मसभरिको...

Read more

कलाकार बर्षा राउत भन्छिन्: मलाई यो समाजमा बाँच्न साँच्चिकै धेरै गाह्रो भइसक्यो ।

६ महिना अगाडि
1.2k

गोरखामा यसपालि दशैं एक महिना अगाडि नै मनाइयो

९ महिना अगाडि
1.2k

जिम गर्ने क्रममा हृदयघातले युवा क्रिकेटरको निधन

१० महिना अगाडि
1.2k

प्रसाईंको जेलबाट भावुक सन्देश: नातीको यादले धेरै सतायो

१० महिना अगाडि
1.2k
Next Post

कसरि जन्माइन्छ टेस्टट्युब बेबी ? कति खर्च लाग्छ ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.