कपिलवस्तुको मायादेबी गाउँपालिका अन्तर्गत पकडी– चाकर चौडा सडक अन्तर्गत वडा नम्बर २ अभिरावमा मोटरसाइकलले ठक्कर दिएर लडेकी एक महिलाको ट्याक्टरले किच्दा मृत्यु भएको छ।
युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले एक पैदल यात्रीलाई ठक्कर दिँदा वडा सोही पालिका वडा नम्बर ४ चाकर चौडाकी सोही मोटरसाइकल मा सवार २२ वर्षीय ममता कलवार लडेकी उनलाई ना.६ त ५३६७ नम्बरको ट्याक्टरले किचेको हो।
ट्याक्टरले किचेर गम्भीर घाइते भएकी उनको सिटी हस्पिटल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो प्रहरीले जनाएको छ। उक्त सडकमा युपि ५३ इडि ८३९१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिई मोटरसाइकल दुर्घटना भएको र मोटरसाइकलमा सवार कलवारलाई उक्त ट्याक्टरको पछाडिको टायरले किचेको थियो। ट्याक्टर र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।







Discussion about this post