• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:22:05+05:45302220266 2026-06-04T13:22:05+05:45000000Thu, 04 Jun 2026 13:22:05 +0545Thu, 04 Jun 2026 13:22:05 +0545Asia/Kathmandu630_302206Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000005Asia/Kathmandu 620266-13Jun+0545 302206Asia/Kathmandu0530pm06p, 0000006ThursdayAsia/Kathmandu0505 262026000000 k620264 3001Asia/Kathmandu 0422ffAsia/KathmanduThu, 04 Jun 2026 13:22:05 +0545Asia/Kathmandu62026-06-04T13:22:05+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:22:05 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 22f ( '302206Asia/Kathmandu0530pm06p' === $3026pAsia/Kathmandu || '1780558625' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:22:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:22:05 +05456 $10630 ? 302206Asia/Kathmandu() : 302206Asia/Kathmandu() + (22630) ( 1Asia/Kathmandu30_2026p302220266( '10630_2026ff05Asia/Kathmandu30' ) * 13+05451780558625R_04_thEC+05454Thuth ); } 22f ( '062605qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:22:05'; } $302206Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452206Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780558625+0545C' ) : 4p_302206Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu302206Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05452206Asia/Kathmandu( '620264', $302206Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:22:05 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:22:05 +05456 $04pm30Asia/Kathmandu302206Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:22:05 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

अचानक किन बाउँडिन्छ खुट्टा ? १० उपाय

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अचानक खुट्टा बाउँडिने अर्थात् पिडुँलाको मासु फर्किएको अनुभव धेरैले गरेका हुन्छन् । पिडुँलाको मासु फर्किएमा अत्यधिक पीडा हुन्छ । यसको कारण थाहा पाएमा छिट्टै उपचार पनि हुन्छ । तर धेरैलाई पिडुँलाको मासु किन फर्किन्छ भन्ने कारण थाहा नहुँदा थप जटिल बन्दै जान्छ ।

मांसपेशीमा रक्तचापको मात्रा बढ्दा, तापक्रममा असामान्य परिवर्तन वा विभिन्न रसायनको प्रतिक्रिया भएमा खुट्टा बाउँडिएर अनियन्त्रित खालको कडा दुखाइ हुन सक्छ  । यसलाई बोलीचालीको भाषामा खुट्टाको पिडुँलाको मासु फर्किनु पनि भन्ने गरिन्छ । बाउँडिंदा पिडुँलाको मासु खुम्चिन्छ र त्यहाँ मासुको डल्लो जम्मा हुन्छ ।

केही सेकेन्ड वा केही मिनेटसम्म एकैठाउँ डल्लो परेको मासु ठीक ठाउँमा आउन केही समय लग्छ । तर पटक-पटक यो समस्या भएमा चिकित्सकको परामर्श लिनैपर्ने हुन्छ । यो जुनसुकै उमेर समूहमा देखिन सक्छ ।

कारण

खुट्टाको मासु किन फर्किन्छ ? भन्नेको ठोस कारण अहिलेसम्म विज्ञहरुले पत्ता लगाउन सकेका छैनन् । तर खराब जीवनशैली र अस्वस्थकर खानपानलाई यसको कारक मानिएको छ ।

पानीको मात्रा कम हुँदा

शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने गर्छ । शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाइटको मात्रा बिग्रिन्छ । यसले शरीरको मासुलाई पनि राम्रोसँग काम गर्न सहयोग पु¥याउँछ, साथै मासुलाई खुम्चिन र खुल्न सहयोग गर्छ । यदि शरीरमा पानीको मात्रा कम भएमा मासुको काम गर्ने क्षमतामा कमी हुन गई खुट्टा बाउँडिने गर्छ ।

पोटासियमको अभाव

पोटासियमले मुख्यतया मांसपेशीको कोषिका र स्नायु प्रणालीलाई नियन्त्रण गर्छ । पोटासियमले मांसपेशीको संकुचन, बिस्तार र स्नायुबाट मस्तिष्कमा संकेत पठाउने प्रक्रियामा पनि महत्त्वपूर्ण भूमिका खेल्छ । यस्तो अवस्थामा जब शरीरमा पोटासियमको कमी हुन्छ, खुट्टाको मांसपेशी बाउँडिन सक्छ । केही अध्ययनले भिटामिन डीको कमीले पनि खुट्टा बाउँडिन सक्ने देखाएका छन् ।

हाइपो थाइराइड

थाइराइड हार्मोन कम हुँदा मेटाबोलिजम पनि कम हुन्छ । दैनिक काम गर्दा उच्च मेटाबोलिजमको आवश्यकता पूर्ति हुन नसकेर खुट्टाको मासु फर्किने गर्छ ।

लामो समयसम्म उभिंदा

एकै ठाउँमा एकै किसिमको आसनमा लामो समयसम्म उभिँदा वा असहज तरिकाले लामो समयसम्म बस्दा यस्तो समस्या देखिन सक्छ । त्यस्तै अग्ला हिल लगाउनाले पनि खुट्टामा दबाब पर्ने गर्छ ।

गर्भवती

गर्भवती महिलालाई पनि खुट्टा पल्टिने सम्भावना बढी हुन्छ । यस्तो समस्या गर्भवती भएको दोस्रो चौमासिकमा सुरू भई तेस्रो चौमासिकमा अन्त्य हुने गर्छ । गर्भवती अवस्थामा पाठेघरले नसा तथा रक्तनलीमा चाप दिन खुट्टा पल्टिने हुन्छ ।

यदि गर्भवती अवस्थामा पटक-पटक मासु बाउँडिन्छ भने चाहिं तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अनियन्त्रित मधुमेह

डाइबिटिज न्युरोप्याथीको समस्या भएकालाई पनि यो समस्या हुन सक्छ । रगतमा चिनीको मात्रा बढी हुँदा धेरै पिसाब लाग्ने हुँदा पानीको मात्रा कम हुन गई खुट्टा पल्टिने हुन सक्छ । र, खुट्टा पल्टेको महसुस गरेमा तुरून्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अत्यधिक मदिरा पिउनेहरुमा अल्कोहोलिक न्युरोप्याथीको समस्या हुन सक्छ, जसको प्रमुख लक्षणको रुपमा खुट्टा दुख्ने र पल्टिने देखिन्छ । त्यस्तै अत्यधिक मदिरा पिउनाले बढी पिसाब लाग्ने कारण व्यक्तिमा पानीको अभाव हुन गई खुट्टा पल्टिने समस्या हुन सक्छ ।

औषधि

पिसाब लगाउने औषधि, कोलेस्टेरोलको मात्रा कम गर्ने औषधि, एन्टिसाइकोटिक औषधि र स्टेरोयडलगायत औषधिले पनि मासु बाउँडिने र पल्टिने समस्या देखिने सम्भावना प्रबल रहन्छ । यदि यस्तो समस्या पटक-पटक देखिए चिकित्सकको परामर्श लिनुपर्छ ।

पहिचान तथा उपचार

कहिलेकाहीं मात्र यो समस्या देखिए मालिस गर्दा पनि ठीक हुन्छ । तर बारम्बार मासु फर्किएमा स्वास्थ्य परीक्षण गर्नुपर्छ । स्वास्थ्य परीक्षणका लागि थाइराइड, भिटामिन डी, क्याल्सियमको मात्रा थाहा पाउन रगत परीक्षण गराइन्छ । यो समस्याको कारण एक मात्र नभई धेरै हुने हुँदा यसको उपचार लक्षण पत्ता लगाएर सोही अनुसारको उपचार हो । जस्तै, पानीको अभावले हो भने पर्याप्त मात्रामा पानी पिउने, भिटामिनको कमी भए चिकित्सकले परीक्षणपछि सप्लिमेन्टको रुपमा भिटामिन दिन सक्छन् । यससँगै पौष्टिक आहारमा जोड दिन आवश्यक हुन्छ । कसैलाई यससम्बन्धी औषधि पनि चलाउनुपर्ने हुनसक्छ, जुन बिरामीको अवस्था हेरेर निक्र्योल गरिन्छ । अचानक मासु फर्किएको अवस्थामा जतापट्टि फर्किएको छ, त्यसको उल्टो पट्टि मालिस गर्नुपर्छ । त्यससँगै मांसपेशी तन्काउनुपर्छ । र, हल्कासँग मसाज गर्न सकिन्छ ।

रोकथामका उपाय

१. प्रसस्त पानी, फलफूलको रस र दालको रस पिउने।

२. धेरै मध्यपान, कफी र सोडा सेवन नगर्ने।

३. सुत्नुअघि खुट्टालाई तन्काउँदा यो समस्या कम हुन सक्छ। सुत्नुअघि १० मिनेट साइकल चलाउँदा पनि खुट्टा फर्किने समस्या रोकिन्छ।

४. लगातार लामो समय सम्म नउभिने। अप्ठ्यारो गरेर नबस्ने साथै अप्ठ्यारो गरेर नसुत्ने।

५. सुत्दा नरम ब्ल्याङकेट र नरम ओछ्यान प्रयोग गर्ने।

६. १० देखि १५ मिनेट मासु फर्किएको छ भने मसाज गराउने।

७. खुटृा पल्टेको समयमा हिँडने अथवा मज्जाले हाँस्ने। यसले दिमागमा खुम्चने र फुक्ने सन्देश प्रवाह हुने हुँदा छिटो सन्चो हुन्छ।

८. पल्टिएको ठाँउमा तातोले सेक्ने। तातोले खुम्चिएको मासु छिटो फुक्नलाई सहयोग गर्छ।

९. पोटासियम, क्याल्सियम र म्याग्नेसियम धेरै भएका खाने कुरा (फलफूल, गेडागुडी आदि) प्रशस्त खाने।

१०. पटक-पटक खुट्टा पल्टने समस्या दोहोरिए, तुरून्त चिकित्सकको सल्लाह लिने।

Previous Post

सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन जेठ १९ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस : राशिफल

Next Post

सन्तान जन्माउने योजनामा हुनुहुन्छ? थाहा पाउनुस्

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post
This little shirt is so cute

सन्तान जन्माउने योजनामा हुनुहुन्छ? थाहा पाउनुस्

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In