देशभर मनसुनी वायुको प्रभाव फैलिँदा आज सातै प्रदेशमा वर्षाको सम्भावना छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका थोरै तथा कर्णालीका १-२ स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
यस्तै, मधेश, वागमती, गण्डकी र लुम्बिनीका १-२ स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।







Discussion about this post