‘कर्कलो कोक्याउँछ’ भनेको धेरै सुनिन्छ । कोक्याउने भएकाले यसलाई खान निकै सावधानी अपनाउनुपर्ने हुन्छ । कर्कलोको तरकारी भन्नेबित्तिकै कोक्याउने त होला भन्ने धेरैको सोचाइ हुन्छ ।
तर कर्कलो गुणाकारी भएकाले यसको तरकारी स्वास्थ्यका लागि लाभदायक हुन्छ । कर्कलफ दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूध कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ ।
कर्कलो निकै गुणकारी तरकारी हो । यो सामान्यतया दूधे र पानी गरी दुई प्रकारको हुन्छ । दूधे कर्कलो कोक्याउँदैन भने पानी कर्कलो चाहिं कोक्याउँछ । त्यसैले यसलाई खासै मनपराउँदैनन् । त्यसैले कर्कलोको तरकारी भन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन् ।
एक त कर्कलो मान्छेले विना मेहनत नै पाउँछन् । त्यसैले पनि यसलाई कम महत्व दिएको हुनसक्छ । कर्कलो एकचोटि रोपेपछि विना गोडमेल पनि हुर्किन्छ । कर्कलोको तरकारी नै खाने कमै हुन्छन्, तर यसमा शरीरलाई अत्यावश्यक पोषक तत्व पाइन्छ ।
के–के पाइन्छ ?
कर्कलो आइरन र भिटामिन एको मुख्य स्रोत हो । यसमा गाढा हरियो रंग हुने भएकाले प्रशस्त मात्रामा आइरन पाइन्छ । यसबाहेक कर्कलोमा क्याल्सियम, भिटामिन डी, पोटासियम, प्रोटिन र फाइबर पोषक तत्व पाइन्छ । जसले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।कसरी खाने ?
कर्कलोको तरकारी विभिन्न तरिकाले बनाउन सकिन्छ । जस्तै- रसादार झोल, अचार, मस्यौरा तथा अन्य परिकार बनाएर खान सकिन्छ । कर्कलोको परिकारमा कागतीको रस मिसाउँदा स्वाद बढ्नुका साथै कोक्याउने समस्या पनि कम हुन्छ । यसको जरा अर्थात् पिंडालु, डाँठ र पात सबै खान सकिन्छ ।
कर्कलो खासगरी जेठदेखि भदौसम्म पाइन्छ । तर यसलाई सिजनमा मात्र नभई अन्य सिजनमा पनि खान हुने गरी सञ्चय गरेर राख्न सकिन्छ । यसको पातलाई घाममा सुकाएर सञ्चय गरेर राख्न सकिन्छ । कर्कलोको डाँठलाई राम्रोसँग केलाएर घाममा सुकाएर तोरीको तेलमा कागती, मरमसला मोलेर सिसीमा खाँदेर अचार बनाउन सकिन्छ ।
त्यस्तै यसको जरा अर्थात् पिंडालु पनि पोषणयुक्त हुन्छ । यसलाई उसिनेर, तरकारी बनाएर खान सकिन्छ । साथै कर्कलोलाई लामो-लामो टुक्रा पारी घाममा सुकाएर बेमौसममा पनि दालमा मिसाएर खान सकिन्छ ।







Discussion about this post