बिजुली गाडीमा कर बढाएको सरकारले जनस्वास्थ्यमा असर गर्ने चुरोट र रक्सीको करमा भने उदारता देखाएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट पेश गर्दै सरकारले चुरोटमा ३ प्रतिशत मात्र कर बढाएको छ । बियर र रक्सीमा भने कर बढाएको छैन ।
पछिल्लो १० वर्षको बजेटको प्रवृत्ति हेर्दा हरेक वर्ष चुरोटमा औसत १० प्रतिशत कर बढ्ने गरेको थियो । गत वर्ष जनार्दन शर्माले ल्याएको बजेटमा १९ प्रतिशत बढेको थियो । तर, यसपटक भने ३ प्रतिशत मात्र वृद्धि भएको छ । जुन विगत १० वर्ष यताकै कम हो ।
नेपाल र भारतको मूल्य तुलना गर्दा नेपालको चुरोट प्रति प्याकेट अझै १०० रुपैयाँ भन्दा बढी सस्तो छ । चुरोटको अवैध चोरी पैठारी नियन्त्रण गर्न पनि नेपालमा चुरोटमा कर बढाउनुपर्ने हुन्थ्यो । तर, उत्पादकसँगको सेटिङमा इतिहासमा सबैभन्दा कम कर वृद्धि गरिएको आशंका गरिएको छ ।
जनस्वास्थ्यमा प्रतिकूल असर गर्ने भन्दै हरेक वर्ष बियर र रक्सीमा कर वृद्धि हुँदै आएकोमा यो वर्ष सरकारले ती दुई क्षेत्रमा अतिरिक्त उदारता देखाएको छ ।
चुरोट/सुर्तीमा कति बढ्यो कर ?
चुरोट/सुर्तीका प्रकार हालको कर रू. बढेको कर रू.
फिल्टर नभएको चुरोट प्रति एम ७१० ७३०
७० मिमि प्रति एम १६३५ १६९०
७० मिमिभन्दा बढी ७५ मिमिसम्मको प्रतिएम २२२५ २३००
७५ भन्दा बढी ८५ सम्म्को प्रतिएमएम२८८० २९७०
८५ मिमि भन्दा बढी लम्बाइको प्रतिएम ३९६५ ४०८०
समरुपी वा पुनर्निर्मित सुर्ती किलो ८२१ ८५०
जर्दा खैनी, सुर्ती किलो ८२१ ८५०
चुनावाला सुर्ती किलो ४६० ४७५
धुलो सुर्ती प्रतिकिलो ४६० ४७५
सुर्ती भएको वा पुनर्निर्मित सुर्ती प्रतिकिलो ४६० ४७५
निकोटिन भएको सुर्ती प्रतिकिलो ४६० ४७५






Discussion about this post