HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दैनिक कति पानी पिउने ?

HoKhabar by HoKhabar
३ वर्ष अगाडि
in जिबनशैली
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

पानीबिना जीवनको कल्पना पनि हुँदैन । मानव शरीरको ७० प्रतिशत भाग पानीले ओगटेको हुने वैज्ञानिकहरु बताउँछन् ।
पानी पिउनु स्वास्थ्यका लागि अतिआवश्यक हुन्छ । पानीले शरीरलाई हाइड्रेट राख्छ र फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ । तर दैनिक कति पानी पिउने ? यो प्रश्नको जवाफ भने एउटै आउँदैन । पानी कुन बेला पिउने भन्नेमा एउटै धारणा हुँदैन ।

पानी कति पिउनुपर्छ र कुन-कुन बेला पिउनुपर्छ ? भन्ने विषयमा केन्द्रित रहेर प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेतसँग गरिएको कुराकानीको सम्पादित अंश :

शरीरको लागि पानी कति महत्त्वपूर्ण छ ?

पानीले शरीरमा तापमान नियमित गर्नेदेखि जोर्नीहरूको नरमपन कायम राख्नेसम्म काम गर्छ । साथै, शरीरभित्र हुने रासायनिक प्रतिक्रिया पानीबिना हुँदैन । पसिना र पिसाबको माध्यमबाट हाम्रो शरीरबाट पानी निस्किरहेको हुन्छ । त्यसैले शरीरलाई आवश्यक पर्ने पानीको मात्रा कायम गरिराख्नुपर्छ । जसले शरीरमा विभिन्न रोगको आक्रमणबाट जोगाउन सक्छ ।

पानी कति पिउनुपर्छ ?

दैनिक कति पानी पिउने भन्ने कुरा मौसम र व्यक्तिको कामले फरक पर्छ । जाडोमा कम र गर्मीमा बढी पानी पिउने गरिन्छ । साथै कोठामा काम गर्ने र बाहिर घाममा काम गर्ने व्यक्तिले पनि पिउने पानीको मात्रा फरक हुन्छ ।

सामान्यतया २४ घण्टामा तीनदेखि पाँच लिटर पानी पिउनुपर्छ । कति पिउनेभन्दा पनि दैनिक कति पिसाब बन्नुपर्छ भन्ने कुरा अझै महत्त्वपूर्ण हो । २४ घण्टामा दुई लिटर पिसाब आउनुपर्छ ।

प्राकृतिक चिकित्सक डा. जनकबहादुर बस्नेत
पानी पिउने पनि खास खास समय होला नि ?

बिहान खाली पेटमा एक लिटर पानी पिउनुपर्छ । यसले रातभरि शरीरमा भएको पानीको कमीलाई पूर्ति गर्छ । त्यसको बिहान पानी पिउँदा मलमूत्र निष्कासनमा पनि सहज हुन्छ ।

खाना खाने बित्तिकै पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घण्टाअघि र खाना खाएको आधा घण्टापछि मात्र पानी पिउनुपर्छ ।

एकै पटक धेरै पानी पिउनु हुँदैन, थोरै-थोरै गरेर पिउनु राम्रो हुन्छ । दुई-दुई घण्टाको अन्तरालमा एक गिलास पानी पिउनुपर्छ । यदि त्यस्तो मिल्दैन भने बिहान खाली पेटमा र बेलुका कार्यालय वा कामबाट फर्किएपछि एक लिटर पानी पिउनुपर्छ ।

कस्तो पानी पिउने ?

शरीरको तापक्रमअनुसार मनतातो पानी पिउनु राम्रो हो । जाडो मौसममा बिहानको समयमा अलिअलि तातो पानी पिउनु राम्रो हो भने गर्मीमा ‘रुम टेम्प्रेचर’ अनुसारको पानी पिउनुपर्छ ।

सकेसम्म धेरै चिसो र धेरै तातो पानी पिउनु हुँदैन । धेरै चिसो पानी पिउँदा चिसो लाग्ने, टन्सिल हुने लगायत समस्या हुन्छ । धेरै तातो पानी पिउँदा त्यो पानीलाई शरीरको तापक्रमसँग मिलाउन शरीरलाई धेरै ऊर्जा खर्च गर्नुपर्छ । त्यसैले रुम टेम्प्रेचर अनुसारको पानी पिउनु बढी उपयोगी हुन्छ ।

शरीरमा पानीको कमी हुँदा देखापर्ने समस्या के हुन् ?

शरीरमा पानीको कमी हुँदा तत्कालीन र दीर्घकालीन रूपमा विभिन्न समस्या देखा पर्न सक्छन् । डिहाइड्रेसन, टाउको दुखाइ, कब्जियत, युरिक एसिड, ग्यास्ट्रिक, पिसाबको इन्फेक्सन, पाचन प्रक्रियामा असन्तुलन लगायत समस्या पानीको कमीले देखिन्छन् ।

दीर्घकालीन रूपमा मिर्गौलाको पत्थरी, युरिक एसिड, मुटुको रोग, छालाको चाउरीपन, शरीरको रोग प्रतिरोधात्मक समस्या कम हुने लगायत समस्या पनि देखिन्छ । यी सबै स्वास्थ्य समस्याको जोखिम कम गर्न दैनिक सन्तुलित रूपमा पानी पिउनुपर्छ ।

Previous Post

पहाडी क्षेत्रमा बेलुकीपख चट्याङसहित वर्षा र तराईमा हावाहुरीको सम्भावना

Next Post

बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

HoKhabar

HoKhabar

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

बालबालिकालाई जथाभावी कफ सिरप नदिनुस्

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.