बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गरेको आरोपमा २ जना पक्राउ परेका छन् । लुटपाटको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रौतहटको मौलापुर नगरपालिका-४ घर भएका १९ वर्षीय सरोजकुमार साह र सोही ठाउँका २० वर्षीय राधेश्याम साह छन् ।
बूढानीलकण्ठ नगरपालिका-३ बीएमसी स्कुल नजिक किराना पसल सञ्चालन गरेकी ७५ वर्षीया शारदा थापाको गलाको सिक्री सरोजकुमारले ४ जेठमा लुटेको आरोप लागेको छ ।
पसलमा बसिरहेको अवस्थामा थापाले गलामा लगाएको एक तोला ९२ लालको सुनको सिक्री उनले लुटेका थिए । सिक्रिसहित उनलाई प्रहरीले पक्राउ गरेको छ ।






Discussion about this post