HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

दही सेवनले बढ्छ रोग प्रतिरोधी क्षमता

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in स्वास्थ्य
0
dahi

dahi

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

भनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ। हिन्दु धर्म अनुसार दहीलाई सुभ संकेतको रुपमा लिइन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ ।

पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ । दहीमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ।

दही खानुका फाईदाहरु
१ .पाचन शक्तिमा बृद्धि :
पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ।

२‍‍. पेटको गर्मीमा कमी :
गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ । दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ ।

३ . मुटुको समस्यामा फाइदा :

दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ ।

४.बलियो हाड :

दहीमा पाइने क्याल्सियमका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । शरिरको हाड बलियो भएपछि यसले मांशपेशीलाई बलियो गरी बाँधेर राख्छ, जसले शरिरलाई थप मजबुत बनाउँछ ।

५. जोर्नीको दुखाईमा कमी :

जोर्नीको दुखाईलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ ।

६.तौल बढाउन :

पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, दोकडा मिसाएर खाने गरे तौल बढ्छ ।

७. सौन्दर्य :

दही शरिरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ । दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरिरको छाला निकै स्वस्थ र मुलायम हुन्छ । दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ ।

८.कपालको सुन्दरता :

कपाललाई सुन्दर र आकर्षक बनाई राख्नका लागि दहीले कपाल धुने गरे फाइदा गर्छ । यसको लागी नुहाउनुभन्दा अगाडि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्छ । केही समयपछि कपाल नुहाउनाले कपालको रूखोपन कम हुन्छ ।

९.रोग प्रतिरोधक क्षमता बढाउन :

दहीले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धीत रोगहरूलाई पनि यसले फाइदा गर्छ ।

१०. पसिनाको दुर्गन्ध कम गर्न :

गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ ।

११.अनिन्द्रा :

रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग फाइदाजनक हुन्छ ।

Previous Post

सोमबार बढ्यो सुनको मूल्य ,तोलामा कति?

Next Post

काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गर्ने २ जना पक्राउ

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

स्वास्थ्य

स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

by हो खबर
५ महिना अगाडि
0
1.2k

धेरै जनाको बिहानको सुरुआत प्रायः चिया वा कफीबाट हुन्छ । चिया, कफी साथीहरू भेट भएर कुरा गर्ने माध्यम पनि हो...

Read more

डेंगु संक्रमणबाट टेकु अस्पतालमा २४ वर्षीया युवतीको मृत्यु

१० महिना अगाडि
1.2k

पालिएका कुखुरामा देखियो ‘भाइरस’

१० महिना अगाडि
1.2k

अब नेपालमै क्यान्सरको प्रकार पत्ता लगाउने अत्याधुनिक मेसिन सञ्चालन

११ महिना अगाडि
1.2k

आँप खाएपछि बिर्सेर पनि नखानुहोस् यी पाँच ७ खानेकुरा

११ महिना अगाडि
1.2k
Next Post
cgff

काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा लुटपाट गर्ने २ जना पक्राउ

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.