HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
No Result
View All Result

अत्याधिक समय फोनमा बिताउने बच्चाहरुलाई स्वास्थ्यमा समस्या

अप्सरा आचार्य by अप्सरा आचार्य
२ वर्ष अगाडि
in जिबनशैली
0
children

children

136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अनुसन्धनको प्रारम्भिक तथ्याँकहरुको विश्लेषणबाट मोबाइलजस्ता स्मार्ट उपकरणको बढी प्रयोग गर्ने तथा भिडियो खेलमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा “भिन्न संरचना” भेटिएको बताएका छन् ।

आधुनिक यस्ता उपकरणबाट बाल मस्तिष्कमा पर्ने प्रभावका बारेमा हाल संयुक्तराज्य अमेरिकामा गहन अध्ययन भइरहेको छ । राष्ट्रिय स्वास्थ्य इन्स्टिच्यूट ९एनआईएच० को प्रारम्भिक अध्ययनमा दिनमा सात घण्टाभन्दा बढी समय मोबाइल चलाउने र भिडियो खेल खेल्ने नौ र दश वर्ष उमेरका बालबच्चाको मस्तिष्कको बाहिरी आवरण ९कोर्टेक्स० चाँडै पातलिने सङ्केत पाइएको छ ।

कोर्टेक्स भन्नाले बाह्य जानकारी प्रशोधन गर्ने मस्तिष्कको सबैभन्दा बाहिरी पत्र हो, र यस पत्र हुँदै सूचना एवं जानकारी मस्तिष्कको भित्री तहमा पुग्छन् । ‘तैपनि, बालबच्चाले बढी समय स्क्रीनमा बिताएकै कारण यस्तो भएको हो भन्ने सुस्पष्ट भइसकेको छैन । यो बाहिरी पत्र पातलिनु ठीक हो वा होइन भन्ने पनि अझै निक्र्यौल भइसकेको छैन,’ एनआईएचमा कार्यरत चिकित्सक गाया डाउलिङले बताइन् । आजसम्म प्राप्त भएको विवरण प्रारम्भिक तथ्य मात्र हो, उनले भनिन् ।

‘हामी के मात्र भन्न सक्छौं भने स्क्रीनमा बढी समय बिताउने बालबच्चाको मस्तिष्कमा भिन्नता देखिएको छ । यो एउटा भिन्न संरचना मात्र पनि होइन,’ सीबीएसको समाचार कार्यक्रम ६० मिनेटलाई दिएको अन्तर्वार्तामा डाउलिङले बताइन् ।

दिनको दुई घण्टाभन्दा बढी समय स्क्रीनमा व्यतित गर्ने बालबच्चाको भाषा र तार्किकता जाँचमा ज्यादै कमजोर अवस्था देखिएको छ । उक्त नतिजा चार हजार ५०० बालबच्चाको मस्तिष्क स्क्यान गरेर प्राप्त भएको हो । वैज्ञानिकहरुले स्क्रीनमा बढी समय व्यतित गर्ने बालबच्चामा पर्ने नकारात्मक असरका बारेमा अझ लामो समयावधिको अध्ययन आवश्यक पर्ने बताएका छन् ।

अध्ययनका प्रारम्भिक तथ्याँकहरु सन् २०१९ को प्रारम्भबाट अध्येताहरुका लागि उपलब्ध गराइनेछ ।

अमेरिकी बालस्वास्थ्य एकेडेमीले १८ देखि २४ महिनाभन्दा साना बालबच्चालाई भिडियो च्याटिङ बाहेक डिजिटल मिडियाको प्रयोग रोक्न सुझाव दिएको छ ।

Previous Post

नेपालगन्जमा आज सबैभन्दा बढी गर्मी

Next Post

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

अप्सरा आचार्य

अप्सरा आचार्य

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

जिबनशैली

जेरी खाँदा स्वास्थ्यलाई लाभ -यस्ता छन फाईदा

by अप्सरा आचार्य
१० महिना अगाडि
0
1.2k

जेरी दक्षिण एसियाको प्रसिद्ध मिठाई हो, जसलाई पुरीसँग धेरै मात्रामा खाइन्छ । यसबाहेक दूध जेरी र रबडी जेरीको संयोजन पनि...

Read more

यी हुन् लामखुट्टे भगाउने सजिलो घरेलु तरिका

११ महिना अगाडि
1.2k

चिया र बिस्कुट स्वास्थ्यका लागि हानिकारक ! किन खानुहुँदैन ?जानौ

११ महिना अगाडि
1.2k

व्यायाम गर्दा क्यान्सर रोगलाई पनि फाइदा-जानिराखौं

११ महिना अगाडि
1.2k

भारतकी चर्चित अभिनेत्री शेफाली जरीवालाको मृत्यु- (जीवनशैली र खानपान) खराब

११ महिना अगाडि
1.2k
Next Post

प्रिमियर लिग : अन्तिम खेल निर्णायक, सिटी र आर्सनलमा कसले जित्ला उपाधि ?

Discussion about this post

भर्खरै

  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?
  • घट्दै सुनको मुल्य ,आजपनि २ हजार १ सय रुपैयाँको गिरावट
  • घट्यो सुनको मूल्य ,कतिमा हुँदै छ कारोबार ?
  • सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल
  • शनिबार कस्तो रहला देशभरको मौसम?
  • आकाशियो सुनको मुल्य -आज हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ?

ट्रेन्डिङ

Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित  होखबर डटकम
रुपन्देही सैनामैना न.पा.

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.