• गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
f00000062026-06-04T13:39:37+05:45303920266 2026-06-04T13:39:37+05:45000000Thu, 04 Jun 2026 13:39:37 +0545Thu, 04 Jun 2026 13:39:37 +0545Asia/Kathmandu630_303906Asia/Kathmandu( $3026pAsia/Kathmandu, $10630 = 0 ) { // Thu20266'30 00000037Asia/Kathmandu 620266-13Jun+0545 303906Asia/Kathmandu3730pm06p, 0000006ThursdayAsia/Kathmandu3737 262026000000 k620264 3001Asia/Kathmandu 0439ffAsia/KathmanduThu, 04 Jun 2026 13:39:37 +0545Asia/Kathmandu62026-06-04T13:39:37+05:45Asia/Kathmandu pm604 Thu, 04 Jun 2026 13:39:37 +0545Asia/KathmandupmThursdayThursday26 6Asia/KathmanduAsia/Kathmandu04 302026. 39f ( '303906Asia/Kathmandu3730pm06p' === $3026pAsia/Kathmandu || '1780559677' === $3026pAsia/Kathmandu ) { Thu, 04 Jun 2026 13:39:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:39:37 +05456 $10630 ? 303906Asia/Kathmandu() : 303906Asia/Kathmandu() + (39630) ( 1Asia/Kathmandu30_2026p303920266( '10630_2026ff37Asia/Kathmandu30' ) * 13+05451780559677R_04_thEC+05454Thuth ); } 39f ( '062637qThursday' === $3026pAsia/Kathmandu ) { $3026pAsia/Kathmandu = '2026-06-04 13:39:37'; } $303906Asia/Kathmandu15420266Asia/Kathmandu = $10630 ? 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05453906Asia/Kathmandu2070020266Asia/Kathmandu( '1780559677+0545C' ) : 4p_303906Asia/Kathmandu15420266Asia/Kathmandu(); $04pm30Asia/Kathmandu303906Asia/Kathmandu = 6Asia/Kathmandu4 Thupm30Asia/Kathmandu+05453906Asia/Kathmandu( '620264', $303906Asia/Kathmandu15420266Asia/Kathmandu ); Thu, 04 Jun 2026 13:39:37 +0545Asia/Kathmandu30000000Thu, 04 Jun 2026 13:39:37 +05456 $04pm30Asia/Kathmandu303906Asia/Kathmandu->f2026Thu, 04 Jun 2026 13:39:37 +054506pm30( $3026pAsia/Kathmandu ); }
  • Login
  • Register
HoKhabar - Is Best online Nepali news portal
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल
No Result
View All Result
HoKhabar - Is Best online Nepali news portal
No Result
View All Result

कुन दिशातर्फ सिरानी बनाएर सुत्दा के हुन्छ ?, यस्ताे छ शास्त्र

हो खबर by हो खबर
२ वर्ष अगाडि
in धर्म
0
136
SHARES
1.2k
VIEWS
Share on FacebookShare on Twitter

अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ।

शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन्। उनीहरू यसलाई अर्थहीन बकवास ठान्छन्। यद्यपि हाम्रा पितापुर्खाले भन्दै र अनुशरण गर्दै आए, ओछ्यान बनाउँदा सदैव पूर्व वा दक्षिण दिशातर्फ नै सिरानी बनाएर सुते।

दक्षिण, उत्तर, पश्चिम, पूर्व जता सिरानी बनाए पनि के हुन्छ र ? कसैलाई मतलब भएन । किनभने अहिलेकालाई लाग्यो यी कुरा अन्धविश्वास हुन्, पुरातन रुढी हुन्, तुक नभएका धारणा हुन् । यस्तै मानसिकताका कारण अहिलेका पुस्ताले सुत्नका लागि कसरी र कस्तो अवस्था अपनाउने भन्ने कुराको पालना गरेनन्। तापनि बूढापाकाले भन्न छाडेनन्– सिरानी जहिले पूर्व वा दक्षिणतर्फ नै बनाउनुपर्छ ।

आज यही विषयमा चर्चा गर्न र यसको वैज्ञानिक पक्ष केलाउन खोजिएको छ। खासमा राम्रो स्वास्थ्यका लागि पौष्टिक आहार, योग ध्यानका साथसाथै नियमित दिनचर्या पनि जरुरी छ। दिनचर्यामा सही समयमा उठ्ने र सुत्ने तालिका तथा राम्रो निद्रा पनि पर्छ। अतः अनुभवहरूको सारका रूपमा आएका शास्त्रलाई अपनाउँदा हानी हुने देखिँदैन।

हाम्रा हरेक धार्मिक मान्यता एवं शास्त्रीय कुरामा वैज्ञानिक अर्थ एवं रहस्य पनि लुकेजस्तै सुताइको सवालमा पनि यो कुरा लागू हुन्छ। अर्थात् सिरानी कुन दिशामा लगाउने वा कता टाउको फर्काएर सुत्ने भन्ने कुरामा पनि वैज्ञानिक कारण छ।

वैज्ञानिक पक्ष
पृथ्वीमा चुम्बकीय तत्व हुन्छ। यसमा दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकीय तरंग प्रवाहित भइरहेको हुन्छ। जब हामी दक्षिणतर्फ शिर अर्थात् टाउको राखेर सुत्छौं, तब यी ऊर्जा हाम्रो शरीरमा प्रवेश गर्छन् र खुट्टाबाट निस्किएर बाहिर जान्छन्। यही कारण बिहान उठ्दा मानिसले ताजगी महसुस गर्छन्।

तर, उत्तरतर्फ टाउको फर्काएर सुत्यौँ भने हाम्रो शरीरमा विपरीत ढंगले चुम्बकीय तरंग प्रवाहित हुन्छ। ऊर्जा खुट्टाबाट प्रवेश गरेर टाउकोबाट निस्कन्छ। यसको साइडइफेक्टस्वरूप हामीलाई मानसिक एवं शारीरिक समस्या हुन्छ। यस्तो सुताइ अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्याका साथै उच्च रक्तचापको कारण बन्छ। त्यसैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकीय अवस्थितिलाई आधार मानेर तय गरिएको हो। कुन दिशातर्फ सिरानी बनाउँदा सही हुन्छ र कुन दिशा गलत हुन्छ भन्ने कुरा यसैले निर्धारण गर्छ। पूर्वी दिशामा पनि सिरानी बनाएर सुत्न सकिन्छ। यसले पनि स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्छ। जबकी सूर्योदय हुने स्थानतिर खुट्टा फर्काएर सुत्दा त्यसको प्रभाव प्रतिकूल देखा पर्छ अर्थात् पश्चिमतर्फ सिरानी पारेर सुत्नु राम्रो हुँदैन ।

धेरैजसो मान्छेको मस्तिष्कमा रक्तश्राव हुन्छ। यसले खासै ठूलो हानी गरिरहेको हुँदैन, तर सामान्य असर भने गरिरहेकै हुन्छ। ३५ वर्षपछि मान्छेको स्मरणशक्ति वा ग्रहण गर्ने क्षमतामा ह्रास आउनुमा पनि यही कारण हुनसक्छ।

हाम्रो शरीरमा रगतसँग जोडिएको एनिमिया वा रक्तअल्पताजस्ता कुनै समस्या छन् भने चिकित्सकले आइरन चक्की सेवन गर्नुपर्ने सुझाव दिन्छन्। पृथ्वीको चुम्बकीय क्षेत्र अर्थात् म्याग्नेटिक फिल्डको बारेमा धेरैलाई थाहा नै छ। पृथ्वीमा चुम्बकीय शक्ति शक्तिशाली हुन्छन्।

हामी उत्तर दिशातर्फ टाउको बनाएर सुत्याैँ भने वा लगातार यस्तै अवस्थामा ६–७ घण्टा बितायौँ भने, चुम्बकीय आकर्षणको दबाव हाम्रो दिमागमा पर्छ। यसले टाउकाको रक्तप्रवाहमा पनि पूरै प्रभाव पार्छ। चुम्बकीय आकर्षणको कारण टाउकोमा बढी रक्तश्राव हुन्छ, त्यही कारण मानिस उत्तेजित भएर उठ्छ। अर्थात् निद्रा बीचमै भंग हुन्छ ।

यस किसिमको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुराचाहिँ व्यक्तिअनुसार फरक पर्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर छ भने यसको असर बढी हुन्छ ।

सुताइको कुरा
वर्तमान समयमा विश्वमै अनिद्राको समस्या छ। धेरैको निद्रा खल्बलिएको छ। यसो हुनुमा मानिसको खराब जीवनशैली, दिनचर्या, खानपान, वातावरण एवं चिन्तन मूल कारण हो। हामीले हाम्रा पितापूर्खाले अभ्यास गर्दै आएका तौरतरिकाहरू पालना गरेको भए यस्तो समस्या नहुन सक्थ्यो।

–शास्त्रले त राति सुत्नेबेलामा र विहान उठ्नेबित्तिकै पनि मन्त्रोच्चारण गर्ने सुझाव दिएको छ। विहान उठेर जमिनमा गोडा टेक्नुअघि पृथ्वीसँग यसरी क्षमा माग्नु भनेको छ–

समुद्रवसने देवी पर्वतस्तनमण्डले । विष्णुपत्नीनमस्तुभ्यं पादस्पर्श क्षमस्व मे ।।

–विज्ञानले भन्छ– जब बिहान उठिन्छ, दायाँतर्फ घुम्नुहोस् र विछ्यौनाबाट बाहिर आउनुहोस् । किनभने निद्राबाट उठ्नसाथ मेटाबोलिक प्रक्रिया एकदम सुस्त हुन्छ। यस्तो अवस्थामा अचानक ओछ्यान छाड्दा मुटुमा दबाब पर्छ ।

–उठ्नसाथ दुवै हात आपसमा रगड्नुहोस् । यसले गर्दा शरीरका सबै नाडी सक्रिय हुन्छन्।

–उठ्नासाथ मन्द मुस्कुराउने अभ्यास गर्नुपर्छ । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

सुत्ने स्थान र सुताइ कस्तो हुनुपर्छ ?

-सुत्ने ओछ्यान सही दिशामा सही ढंगले राखेको हुनुपर्छ ।
-शयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।
-नियमित तालिका अनुसार सुत्ने र उठ्ने गर्नुपर्छ ।
-खाना खाए लगत्तै सुत्नु हुँदैन ।
-सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरू मनमा खेलाउनु हुँदैन ।
-राति चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाउनुपर्छ।
-कम्तीमा सात वा आठ घन्टा मस्तले निदाउनुपर्छ

Previous Post

करातेमा नेपालको अबस्था नाजुक

Next Post

के हत्केला चिलाउँदा पैसा आउँछ, ? यस्तो छ हत्केला चिलाउनुको कारण

हो खबर

हो खबर

नयाँ समाचार तथा विज्ञापनका लागि हामीलाई सामाजिक संजालमा फलो गर्न सक्नुहुन्छ ।

Related Posts

धर्म

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल पौष १२ गते शनिवार को राशिफल

by हो खबर
५ महिना अगाडि
0
1.2k

मेष Aries कृषि कार्यमा सफलता प्राप्त हुनेछ । अध्ययन अध्यापनमा रुची बढ्नेछ । मानसिक तनाब यथावत रहने छ । धन...

Read more

आज पौषे औँशी (पुस औँशी) को महिमा -के गर्ने ?

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २३ गते मंगलवार को राशिफल

६ महिना अगाडि
1.2k

आइतवार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

६ महिना अगाडि
1.2k

सुपा देउराली माताको दर्शन गर्दै आज २०८२ साल मङ्सिर २१ गते आइतवार को राशिफल

६ महिना अगाडि
1.2k
Next Post

के हत्केला चिलाउँदा पैसा आउँछ, ? यस्तो छ हत्केला चिलाउनुको कारण

Discussion about this post

भर्खरै

  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
  • नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
  • इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
  • स्वास्थ्यका लागि चिया कफी कत्तिको उपयोगी ?

ट्रेन्डिङ

  • खेलकुद परम्परागत मनोरञ्जन मात्र नभई आकर्षक पेशा सिर्जनासँगै राष्ट्रको गौरव, प्रतिष्ठा र शान बढाउने माध्यमस् राष्ट्रपति पौडेल
    ८ घण्टा अगाडि
  • तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
    १ घण्टा अगाडि
  • जस्तोसुकै परिस्थितिमा पनि पार्टीको नेतृत्व गर्छु, झोला फालेर भाग्दिनँः अध्यक्ष ओली
    ८ घण्टा अगाडि
Facebook

Category

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य
Facebook Youtube TikTok


ग्लोबल इन्फरमेसन हब प्रा.लि 
द्वारा सञ्चालित होखबरन्युज.कम
रुपन्देही सैनामैना न.पा

प्रबन्ध निर्देशक / अध्यक्ष: केशव खनाल 

प्रधान सम्पादक: अशोक पौडेल 

सम्पादक: बालकृष्ण आचार्य 

फोन नं: ९८५७०१३८२५ 

ई-मेल: hokhabarnews@gmail.com

विज्ञापनका लागि:

कम्पनी दर्ता नं.: ३१६९३५/०८०/०८१ 

सम्पर्क

  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • अवर्गीकृत
  • खेलकुद
  • गृहपृष्ठ
  • जिबनशैली
  • धर्म
  • मनोरञ्जन
  • रोचक
  • शेयर बजार
  • समाचार
  • सूचना/प्रबिधि
  • स्वास्थ्य

मिति

बिहि, जेष्ठ २१, २०८३
Thu, June 4, 2026

© 2025 - Ho Khabar. All Rights Reserved.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • खेलकुद
  • अर्थ
  • शेयर बजार
  • सूचना/प्रबिधि
  • जिबनशैली
  • धर्म
  • राशिफल

© 2025 - Ho Khabar. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In