देशभर मौसम बदली भई विभिन्न स्थानमा चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
महाशाखाका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) रहने छ।
यस क्रममा देशको पहाडी भूभागका थोरै स्थान साथै बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
साथै राति देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात हुने सम्भावना पनि छ।







Discussion about this post