एजेन्सी । हरकोही सुन्दर हुन चाहन्छन् । कालो, घना कपाल त हर महिलाको चाहना हुन्छ । कपाल नारीको सुन्दरता पनि हो । तर आजभोलि तनाव, प्रदुषण, केमिकल आदिका कारण मानिसहरु कपाल झर्ने समस्याको सामना गरिरहेका छन्, जसकारण कपाल पातलो देखिन्छ र तपाईँ आफूले चाहेजस्तो हेयरस्टाइल बनाउन पाउनुहुन्न ।
यदि तपाईँको कपाल पातलो छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ, जसले कपाल बाक्लो बनाउन सहयोग गर्छ :
एभोकाडो हेयर प्याक : एभोकाडोलाई सुपर फुड मानिन्छ । यसमा भएको भिटामिन ई ले कपाललाई मुलायम, बाक्लो बनाउनुका साथै झर्न पनि रोक्छ । एउटा एभोकाडोमा एउटा केरा, जैतुनको तेल राम्रोसँग मिसाएर पेस्ट बनाइ कपालमा लगाउन सकिन्छ । पेस्टले राम्रोसँग मसाज गरी ४५ मिनेटसम्म राख्नुहोस् र स्याम्पुले कपाल धुनुहोस् । यो कार्य एक महिनासम्म सातामा ३ पटक गर्नुहोस्, जसले कपाललाई फाइदा पुर्याउँछ ।
अमलाको हेयर प्याक : अमलाले कपाल बाक्लो बनाउन सहयोग पुर्याउँछ । यसको प्याक बनाउन सजिलो छ । एक चम्चा अमला पाउडरमा तातोपानी ३ कप घोल्नुहोस् । १० मिनेटसम्म त्यसलाई छोडिदिनुहोस् । अब औँलाको सहायताले उक्त पेस्टले कपालमा राम्रोसँग मसाज गर्नुहोस् । यसलाई कम्तिमा ३० मिनेटसम्म राखेर स्याम्पुले कपाल पखाल्नुहोस् । यो कार्य एक महिनासम्म सातामा ३ घण्टासम्म निरन्तर गर्नुहोस्, यसले कपाल चम्किलो र बाक्लो बनाउँछ ।
घिउकुमारीको पेस्ट : घिउकुमारीले केवल कपाल मात्रै मुलायम बनाउँदैन, यसले मोस्चराइजर पनि बनाउँछ । यसको पेस्ट बनाउनका लागि सामग्रीमा ३ वटा घिउकुमारीको पात, नरिवलको दुध ३ चम्चा लिनुहोस् । घिउकुमारीको पातबाट जेल निकालेर नरिवलमा मिश्रण गर्नुहोस् र त्यसलाई कपालमा लगाउनुहोस् । ३० मिनेटसम्म सो पेस्टलाई कपालमा राखेर स्याम्पुले पखाल्नुहोस् । हप्तामा ३ पटक यस्तो गरे कपाल झर्न रोकिनुका साथै बाक्लो पनि हुन्छ ।






Discussion about this post