निर्वाचन आयोगले तोकेको समयअनुसार दल दर्ताको प्रमाणपत्र लिने आज अन्तिम दिन हो। आज साँझ कार्यालय समयपछि अवधि सकिनेछ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले राजनीतिक दल दर्ता गर्न आह्वान गरेको थियो।
आयोगका अनुसार हालसम्म १२६ दलले आधिकारिकता प्राप्त गरिसकेका छन्। कुल संख्या आजै अन्तिम रूपमा टुंगिनेछ।
यस्तै, प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिन मंसिर १ गतेदेखि १० गतेसम्मको समय निर्धारण गरिएको छ।






Discussion about this post