सरकारले चाडपर्वलाई लक्ष्य गरी सोमबारदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । सहुलियत पसलमा सामानअनुसार ७० रुपैयाँसम्म छुट हुने भएको छ । छुट पसलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले प्रतिकिलो ५ देखि १० रुपैयाँ, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले २ देखि ७ रुपैयँँ र दुग्ध विकास संस्थान (डीडीसी) ले ७० रुपैयाँसम्म छुट दिने जनाएको छ ।
‘सहुलियत पसल सोमबारदेखि ४५ जिल्लाका १ सय ११ ठाउँबाट सञ्चालन हुनेछ । सर्वसाधारणले खाद्यको आउलेट र बिक्री केन्द्रबाट छुटका सामान किन्न सक्छन्,’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले भने, ‘सँगसँगै अनलाइनबाट पनि बिक्री गर्छौं ।’
दुर्गमका जनता केन्द्रित हुनुपर्नेमा सुगमलाई केन्द्रित हुँदा आलोचना हँुदै आएको छ । यसपालि भने खाद्यले दुर्गममा केन्द्रित गरेको जनाएको छ । खाद्यले गत वर्ष ४२ जिल्लाका ६३ ठाउँबाट छुट दिएको थियो । यस पटक भने १ सय ११ ठाउँका बिक्री केन्द्रबाट छुट दिने यँेजना बनाएको छ । आवश्यक परे थप जिल्ला र स्थानमा सञ्चालन गर्ने उसको भनाइ छ ।
साल्टले पनि १२ वटा बिक्री केन्द्र र ३ वटा घुम्ती पसल गरी ४० स्थानबाट छुट दिने निर्णय गरेको छ । नुनमा प्रतिकिलो २ रुपैयाँ, चिनीमा ५ रुपैयाँ, तेलमा ७ रुपैयाँ र चिउरामा ७ रुपैयाँ छुट दिइने साल्टका सहमहाप्रबन्धक कुमार राजभण्डारीले जनाए । पिठोमा प्रतिकिलो ७ रुपैयाँ, मैदामा ७ रुपैयँँ र दालमा ७ रुपैयाँ छुट दिइने उनको भनाइ छ ।







Discussion about this post